रुसले अन्तरिक्षमा हतियार परीक्षण गरेको अमेरिकी आरोप
काठमाडौ । अमेरिकाको रक्षामन्त्रालयले रुसले अन्तरिक्षमा हतियारजस्तो उपग्रह विरोधी उपकरणको परीक्षण गरेको आरोप लगाएको छ ।
रुसको अन्तरिक्ष हतियारले अन्तरिक्षमा अमेरिकी सेनाको उपस्थितिको महत्वलाई दर्शाएको अमेरिकाको रक्षामन्त्रालय पेन्टागनले जनाएको छ ।
वास्तवमा रुसले आफ्नो स्याटेलाइटमा स्क्यानिङ डिभाइसको प्रयोग गरेको हो ।
अमेरिकी सेनाको प्रमुख अन्तरिक्ष कमान्डार जेनरल जोन डब्लु रेमन्डले जनाएका हुन् ।
अमेरिकी सेनाले आफूसँग यसको प्रमाण रहेको दाबी गरेको छ । जुलाई १५मा अन्तरिक्षमा आधारित भूउपग्रह विराधी (एन्टी स्याटेलाइट) गैर ध्वंसकारी परीक्षण गरेको हो ।
एक रुसी स्याटेलाइटबाट अर्को तर्फ कुनै वस्तु निस्किरहेको थियो ।
रेमन्डले भने “ रुसले निरन्तर अन्तरिक्ष आधारित प्रणालीको विकास र परीक्षण गरिरहेको विषयको यो थप प्रमाण छ ।”
यसबाट अमेरिका र यसका सहयोगीहरुको अन्तरिक्षमा रहेका सम्पत्तिमाथिको जोखिम बढाएको स्पस्टभएको उनले जनाए ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय