Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी खेलमा न फसी अर्थतन्त्रमा ध्यान दिन चीनलाई सल्लाह

अमेरिकी खेलमा न फसी अर्थतन्त्रमा ध्यान दिन चीनलाई सल्लाह


काठमाडौ । अमेरिकाले आफ्ना सहयोगी देशलाई चीन विरूद्ध उक्साउन सक्रिय रहेका बेला चीनले अर्थतन्त्रलाई विकास र प्रगतिको बाटोबाट अन्यत्र न जान पाउने गरी ध्यान दिनुपर्ने सल्लाह दिइएको छ ।

अमेरिकाले कुटनीतिक तनाव जानी जानी दिएको भन्दै त्यतातिर ध्यान केन्द्रित गर्नु आवश्यक नरहेको ग्लोबल टाइम्समा भनिएको छ ।

हालका वर्षहरुमा चीनले घरेलु उपभोगलाई प्रवद्र्धन गर्दै आएको छ । बाहिरी देशसँगको व्यापार असन्तुलनको विषयलाई समाधान र सहयोगलाई स्तरोन्नति गरी आएको छ । त्यसैले यस्तै बाटो महामारी पछिको बाटो समात्न भनिएको छ ।

विश्वको अर्थतन्त्र कोरोनाभाइरसबाट नराम्ररी प्रभावत भइआएको छ । विश्व अर्थतन्त्रमा माग खुम्चिएको छ । विश्वको अर्थतन्त्र खरिदकर्ताको विश्वमा प्रवेश गरेको छ ।

यो क्रयशक्ति र बजारहरुबाट प्रभावित रहेको छ । यो अवस्था कोभिड–१९ पछिको अवस्थामा झन बढी हुनेछ ।

यस्तो बेला चीनले आफ्नो खुला नीतिसँग रहन सक्ने तथा घरेलु उपभोगमा सुधान ल्याउन सक्ने हो भने चीनले अझ बढी आफू अनुकूलको अर्थतन्त्र सिर्जना गर्ने र व्यापार वातावरणमा अमेरिकाका राजनीतिज्ञहरुको दबाबको जवाफ दिने अवसर प्राप्त गर्नेछ ।

कोरानाभाइरसले चीनको आर्थिक गतिविधिलाई यो वर्षको पहिलो त्रैमासिकमा प्रभावित गरेको शंका नभएको तर दोस्रो त्रैमासिकमा अर्थतन्त्रले आफूलाई पुरानो ठाउँमा फर्काउन गति लिएको छ ।

चीनको क्रय शक्तिलाई कोरोनाभाइरसले प्रभाव नपारेको हालका आँकडाहरुलाई दर्शाइरहेको छ । जुन महिनामा अमेरिकी पैठारी १६८.८ अर्ब अमेरिकी डलर बराबरको भएको देखिएको छ ।

सन् २०१९मा चीनको खुद्रा बिक्री ८ प्रतिशतले बढी ४१.२ ट्रिलियन युयान बराबरको थियो । चीनको आर्थिक बृद्धिको मुख्य चालक शक्ति उपभोग रही आएको छ । यो कुल गार्हस्थ्य उत्पादन जीडीपको ५७.८ प्रतिशत रहेको छ ।

आगामी दिन चीनका लागि अन्तर्राष्ट्रिय अवस्था अझ बढी चुनौती पूर्ण हुन सक्ने भएकाले राजनीतिक कारणले आर्थिक गतिविधिलाई पुरानो बाटोमा फर्काउन कमजोरी गर्न नहुने ग्लोबल टाइम्समा सल्लाह दिइएको हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस