Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभिसा फ्रडको आरोप लगाइ तीन चिनियाँ गिरफ्तार गरी चौथोको खोजी गर्दै अमेरिका

भिसा फ्रडको आरोप लगाइ तीन चिनियाँ गिरफ्तार गरी चौथोको खोजी गर्दै अमेरिका


काठमाडौ । अमेरिकाले चार चिनियाँहरुमाथि भिसा फ्रडको आरोप लगाएको छ । उनीहरु चिनियाँ सेनाका सदस्य रहेको तर झूठो बोलेको आरोप सहित यो आरोप लगाइएको हो ।

ती मध्ये तीन जनालाई पक्राउ गरिसकिएको छ भने अमेरिकाको संघीय अनुसन्धान ब्युरो एफबीआईले चौथोलाई पक्राउ गर्न खोजिरहेको छ । उनीहरुका अनुसार चौथो सनफ्रान्सिस्कोको महावाणिज्यदूत हुन सक्ने आंशका गरिएको छ ।

एफबीआईका एजेन्टहरुले २५ अमेरिकी शहरका मानिसहरूसँग सोधखोज गरेका छन् । अभियोग लगाउनेहरुले अमेरिकामा सेनाका वैज्ञानिकहरुलाई पठाउनु चिनियाँ योजना रहेको बताएका छन् ।

अमेरिकाको न्याय विभागका न्याधिवक्ता जोन सी डेमर्सले एक प्रेस वज्ञप्ति जारी गरी चिनियाँ सेनाका सदस्यहरुले वास्तविक पहिचान लुकाएर अनुसन्धान भिसाका लागि आवेदन दिएको जनाएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीले अमेरिकाको खुला समाजको फाइदा उठाउन र प्राज्ञिक प्रतिष्ठानको दोहन गर्ने योजना अनुसार यसो गरिएको उल्लेख छ ।

सन फ्रान्सिस्को महावाणिज्यदूतावासमा चिनियाँ वैज्ञानिक आश्रय लिइ बसेको घोषणा गरी यी गिरफ्तारी गरिएको हो । त्यसपछ हउस्टनस्थितको महावाणिज्यदूत बन्द गर्न आदेश दिएको हो । अमेरिकाले वौद्धिक सम्पत्ति चोर्न यसो गरिएको चीनमाथि आरोप लगाएको हो ।

अमेरिकी यी आरोपहरु आधारहीन रहेको र अमेरिकाको यो हर्कत विरूद्ध चीनले पनि यस्तै व्यवहार गर्ने बिहीबार विदेशमन्त्रालका प्रवक्ता वाङ वेनबिनले भने ।

त्यसपछि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीन विरूद्ध हरेक देश लाग्नुपर्ने आह्वान गरे ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस