Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी डलरले हैसियत गुमाउँदा सुन फेरि मौद्रिक प्रणालीको मानदण्ड बन्ने

अमेरिकी डलरले हैसियत गुमाउँदा सुन फेरि मौद्रिक प्रणालीको मानदण्ड बन्ने


काठमाडौ । कोभिड–१९को महामारीले विश्वलाई निल्नलागे सँगै बहुमूल्य धातुहरुको भाउ बढ्दै गएको छ । सुन र चाँदीको भाउ बढ्दै गएको भेट्रान स्टकब्रोकर पिटर स्किफले बताएका छन् ।

चाँदीको भाउ ५० अमेरिकी डलर प्रति अउन्स पुग्न सक्ने उनले जनाए । उनका अनुसार धातु नयाँ बिटकन बन्न पुगेको छ ।
चाँदी र सुनको भाउ अझ बढन सक्ने छ । अहिले त शुरुवात मात्रै हो । युरो प्यासिफिकका प्रमुख कार्यकारीले अमेरिकी डलरको हैसियतबारे जनाउँदै सुन मुख्य मानदण्ड हुन सक्ने बताए ।

अमेरिकी डलरले आफ्नो हैसियत गुमाउन लागेको छ ।यदि यस्तो हुन्छ भने सुन फेरि मानदण्ड बन्नेछ । डलर भूइँ छुइरहेका बेला सुन आकाशतिर हुन सक्ने छ । यो प्रतिस्पर्धामा जम्मा गरि राखेको डलर बाहिर ल्याउनु नै फाइदा हुने स्टक ब्रोकर स्किफले बताए ।

मौद्रिक प्रणालीको केन्द्रमा फेरि सुनको भूमिका हुने गरी विश्वको प्रणाली गइरहेको छ यसलाई अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भले अपनाउन चाहेको हो वा होइन त्यो भने हेर्न बाँकी छ । तर यो यो वर्ष वा अर्को वर्षसम्म हुने उनको भनाइ छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस