चीनले जस्ताको त्यस्तै भने पछि ट्रम्पले अझ बढी कन्सुलेट बन्द गराउने चेतावनी दिए
काठमाडौ । चीनले अमेरिकी व्यवहार जस्तै गर्ने भनेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझ बाँकी रहेका महावाणिज्यदूतको कार्यालय बन्द गराउने बताएका छन् ।
चीनले ७२ घन्टा भित्र टेक्सासको हउस्टनमा रहेको कन्सुलेटको कार्यालय बन्द गर्न भनेको अमेरिकी निर्णय फिर्ता नलिए आफूले पनि त्यस्तै कदम चाल्ने बताएपछि राष्ट्रपति ट्रम्प क्रोध व्यक्त गरेका हुन् ।
ट्रम्पले चिनियाँ कन्सुलेटका कर्मचारीहरुप्रति लक्षित गर्दै भने “ मलाई लाग्छ उनीहरुले दस्तावेज र कागजात जलाइरहेका होलान् ।” अमेरिकाको न्याय विभागले यसअघि चिनियाँ हयाकरहरुले कोभिड–१९को भ्याक्सिनसम्बन्धी डेटा चोर्न खोजेको आरोप लगाएको थियो । त्यसलाई चीनले अस्वीकार गरेको थियो ।
चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबिनले पत्रकारहरूलाई जानकारी दिँदै यस्तो बताएका हुन् ।
अन्तर्राष्ट्रिय कानुनको यो गम्भीर उल्लंघन भएको बताउँदै प्रवक्ता वाङले अमेरिकाले निर्णय फिर्ता नलिएर चीनले पनि त्यसरी नै कदम चाल्ने चेतावनी दिए ।
चीनको ग्लोबल टाइम्सका प्रमुख सम्पादक हु सिजिनले बेइजिङलाई ७२ घन्टामा महावाणिज्यदूतको भवन खाली गर्न भनेको ट्विट गरेका छन् । उनले यो पागलपन भएको बताए ।
हालका साताहरुमा अमेरिका र चीनबीचका सम्बन्धहरु द्रुतगतिमा बिग्रिदै गइरहेको छ ।
यो महिनाको शुरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन विरूद्ध नाकाबन्दी लगाउने एक विधेयकमा हस्ताक्षर गरेका थिए
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking