Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकाले चीनलाई ७२ घन्टा भित्र महावाणिज्यदूतको कार्यालय हटाउन भन्यो

अमेरिकाले चीनलाई ७२ घन्टा भित्र महावाणिज्यदूतको कार्यालय हटाउन भन्यो


काठमाडौ । अमेरिकाले चीनलाई अचानक हस्टनस्थित हउस्टनमा रहको महावाणिज्यदूतको कार्यालय हटाउन भनेको छ ।

अमेरिकाले यो निर्णय फिर्ता नलिए चीनले पनि त्यस्तै कारबाही गर्ने चेतावनी दिएको छ ।

चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबिनले पत्रकारहरूलाई जानकारी दिँदै यस्तो बताएका हुन् ।

अन्तर्राष्ट्रिय कानुनको यो गम्भीर उल्लंघन भएको बताउँदै प्रवक्ता वाङले अमेरिकाले निर्णय फिर्ता नलिएर चीनले पनि त्यसरी नै कदम चाल्ने चेतावनी दिए ।

चीनको ग्लोबल टाइम्सका प्रमुख सम्पादक हु सिजिनले बेइजिङलाई ७२ घन्टामा महावाणिज्यदूतको भवन खाली गर्न भनेको ट्विट गरेका छन् । उनले यो पागलपन भएको बताए ।

अमेरिकाको न्याय विभागले यसअघि चिनियाँ हयाकरहरुले कोभिड–१९को भ्याक्सिनसम्बन्धी डेटा चोर्न खोजेको आरोप लगाएको थियो । त्यसलाई चीनले अस्वीकार गरेको थियो ।

हालका साताहरुमा अमेरिका र चीनबीचका सम्बन्धहरु द्रुतगतिमा बिग्रिदै गइरहेको छ ।

यो महिनाको शुरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन विरूद्ध नाकाबन्दी लगाउने एक विधेयकमा हस्ताक्षर गरेका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस