काठमाडौ । आजको ग्रेट ब्रिटेनको विचार अन्तिम चिनियाँ शासक किङ वंशको जस्तो देखिएको छ ।
चीनको किङ वंश १६४४ देखि १९११सम्म शासन गरेको थियो । यो राजवंशको तुलना अहिलेको बेलायती शासकसँग गर्न थालिनुमा चिनियाँ प्रविधि कम्पनी हुवावेइको फाइभ जीलाई बेलायतले अस्वीकार गरेपछि बेलायतमा गर्न थालिएको छ ।
हुवावेइको फाइभ जी नेटवर्कमाथि अमेरिकी बाटो समात्दै प्रतिबन्ध लगाएपछि बेलायती विद्वान मार्टिन ज्यासले ट्विटर सन्देशले यस्तो खुलासा गर्छ ।
इतिहासले चक्र पुरा गर्छ । सन् १७९३मा चिनियाँ सम्राट कियानलोङले बेलायती राजालाई भने “ तिम्रा देशको कुनै उत्पादन हामीलाई आवश्यकता छैन” त्यो चीनको १५० वर्षे पतनको प्रस्थान बिन्दु बन्यो ।( हिस्ट्री टन्र्स फुल सर्कल । इन सेभेन्टीन नाइटीथ्री, चाइनिज इम्परर कियानलोङ टोल्ड ः वी डन्ट ह्याभ द स्लाइटेस्ट निड अफ योर कन्ट्रीज म्यानुफ्याक्चर्स।”
सन् २०२०मा बेलायतले चीनलाई ‘तिम्रो सबैभन्दा नयाँ प्रविधिको हामीलाई आवश्यकता छैन’ भनेको छ ।
बेलायतका लागि चिनियाँ राजदूत लिउ सिओमिङले बीबीसी अन सन्डेलाई दिएको आफ्नो अन्तर्वार्ताको क्रममा यो विषय उठाउँदा उनलाई सोधिएको प्रश्नको जवाफ दिँदै भने “ आगामी १५० वर्षमा के हुने हो मलाई थाहा छैन् ।”
किङ वंशका बारेमा जानकार व्यक्तिलाई थाहा भएको विषय हो जतिखेर त्यो वंशले ढोका बन्द गर्ने नीति लिएको थियो । बेलायतका लर्ड जर्ज म्याकार्टनी नेतृत्वको मिसन सन् १७९३मा चिनियाँ सम्राट कियानलोङसँग भेटेको थियो ।
त्यो मिसनले दूरबीन, घडी, युद्धपोत र हातहतियार देखाएको थियो । सम्राट कियाङले त्यतिखेर ती वस्तुलाई पैशाचिक तथा धामीझाँक्रीको वस्तु भनी व्याख्या गरे । पछि इतिहासले त्यो वंशको पतन बन्द ढोका नीतिबाट भयो ।
आजको चीनले विश्वका लागि ढोका खुला गरिरहेको छ । आफूलाई बन्द गरी बस्ने नीतिले दिएको दुःखबाट चीन सिकेर यस्तो गरिरहेको छ ।
हुवावेइ बेलायतमा २० वर्षदेखि सेवा सञ्चालन गरि आएको छ । टुजी, थ्रीजी र फोरजीको सेवा बेलायतमा हुवावेइले दिआएको छ । फाइभ जीमा प्रतिवन्ध लगाएर बेलायतको टेलिकम नेटवर्कलाई घाटामा हाल्न लागेको बेलायती पर्यवेक्षकहरुको बुझाइ रहेको छ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking