काठमाडौ । अमेरिका र चीनबीचको तनाव बढ्दै जाने देखिएपछि यी दुई देशबीचको शीतयुद्ध बारे नयाँ सिराबाट चर्चा शुरू हुन थालेको छ ।
यी दुई शक्तिशाली देशबीच बढदै गएको तनावहरूलाई विश्वका विज्ञहरुले नयाँ शीत युद्ध भनिरहेका छन् र यी दुई खतरनाक क्षेत्रमा प्रवेश गरिरहेको बताइरहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो सहयोगी निकट देशहरूलाई चीनलाई एक्ल्याउन भरमग्दुर दबाब दिइरहेका छन् ।
अमेरिकाले टेलिकम उपकरण बनाउने ठूलो चिनियाँ कम्पनी हुवावेइको उपकरणको प्रयोग नगर्न दिइरहेको दबाब र दक्षिण चीन सागर क्षेत्रमा विवाद बढाइरहेको विषयले यस्तो हुन सक्ने अडकल उनीहरुको छ ।
हार्वार्ड युनिभर्सिटीमा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी विषयका प्रोफेसर स्टिफन वाल्टले यी दुई आर्थिक रुपले सबैभन्दा शक्तिशाली देशहरुले लामो समयदेखि असंगत रणनीतिक दृष्टिकोणहरुको विषयमा प्रतिस्पर्धा गर्दै आएका छन् । उनको आधारमा चीनको आँकक्षा एसियामा प्रभुत्व कायम गर्नु रहेको छ ।
चीनले ट्रम्पलाई एक कमजोर र गल्ती गर्ने बानी भएका नेताको रूपमा लिने गरेको छ ।कोरोनाभाइरस महामारीसँग जुध्ने विषयमा अमेरिकाले उपलब्ध गराएको अवसरबाट चीनलाई यसमा फाइदा पुगेको उनको भनाइ रहेको छ ।
यी दुई देशबीचको अवस्था अमेरिका सोभियतबीचको शीत युद्ध जस्तो देखिएपनि यो त्यतिको खतरनाक हुन नसक्ने उनले जनाए ।
यी दुईबीचका सम्बन्धहरु तनावमा रहेपनि अझ आर्थिकरुपमा एकअर्कासँग निकटतमरुपमा जोडिएका छन् ।
शीतयुद्धको तुलनालाई इन्कार गर्न नसकेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीनसँग आर्थिकरुपमा जोडिएको अमेरिकी सम्बन्ध सोभियतसंघसँग कहिल्यै नरहेको बताउने गरेका छन् । उनले चीनको टेक्नलजिले जासुसी गर्ने गरेको विषयमा मात्र अमेरिकी सशंकित रहेको हालै एक रेडियो अन्तर्वार्तामा बताए ।
यसैगरी रेनमिन युनिभर्सिटीमा अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्रोफेसर शि यिनहङले सम्बन्धहरु अझ बिग्रिदै जाने देखिएको बताए । उनले भने “ पुरानो शीतयुद्ध वैचारिक र रणनीतिकरुपमा दुई शक्तिशाली देशबीचको भयानक भिडन्त र प्रतिस्पर्धासहितको थियो । तर अमेरिका र चीन दुई शक्तिशाली देशहरुले एक अर्कालाई एक पछिअर्को क्षेत्रमा हटाउन दु्रतगतिको प्रयास गरिरहेका छन् ।”
त्यसैले यसलाई यी दुई देश नयाँ शीत युद्धमा प्रवेश गरिरहेका छन् ।(एजेन्सीको सहयोगमा)
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking