बेलायतबाट लगानी हटाएर चीनले जवाफ दिन्छ र?
काठमाडौ ।बेलायतले अमेरिकासँग टाँसिएर चिनियाँ टेलिकम कम्पनी हुवावेइलाई प्रतिबन्ध लगाएपछि चीनले जनाउने प्रतिक्रियाबारे सबैको जिज्ञासा बढाइदिएको छ ।
हुवावेइको उपकरण प्रयोग गर्दा राष्ट्रिय सुरक्षामा खतरा हुने अमेरिकी दाबीसँगै गएर बेलायतले यस्तो निर्णय गरेकोहो ।
बेलायतलाई जवाफ फर्काउन चीनले त्यस अनुरूपका मापदण्डहरुको विषयमा अध्ययन गरिरहेको छ ।
चीनले बेलायतसँग गर्ने व्यवहारहरूमा पहिले त्यहाँ गरिने लगानी फिर्ता ल्याउने कदम चाल्न सक्छ । युरोपमा चीनको ठूलो लगानी गन्तव्य बेलायत रहेको छ । बेलायतबाट चीनले लगानी अन्य युरोपेली देशमा सारे एसियाली देशका व्यवसाय पनि त्यस अनुरुपको लगानी योजना बनाउने देखिएको छ ।
हङकङमा बेलायतको हस्तक्षेपले गर्दा एचएसबीसी जस्ताकम्पनीलाई समस्यामा पारिदिएको छ । चीनले घरेलु मागलाई बढाएर बेलायतसँगको व्यापारमा कमी ल्याउन सक्ने देखिएको छ ।
चीनको वित्तीय सेवाका लागि चीन ठूलो बजार हो । चीनले यो सेवा अन्य बेलायतका प्रतिस्पर्धी देशमा गर्न थाले यो मुनाफा बेलायतबाट सर्नेछ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking