Techie IT
  • २०८१ वैशाख १२, बुधबार

योग गुरु रामदेवको दिव्य दन्तमञ्जनमा समुद्री माछाको हाड प्रयोग


काठमाडौं ।  योग गुरु रामदेवको आयुर्वेदिक उत्पादन दिव्य दन्तमञ्जनमा समुद्री माछाको हाड प्रयोग गरिएको छ । उनको आयुर्वेदिक वस्तु उत्पादन कम्पनीले यो कुरा आफै स्वीकार गरेको हो । रामदेवको कम्पनीले बनाएको दिव्य दन्तमञ्जनमा मिसाइएका विभिन्न वस्तुहरूमा समुद्री फेन मिसाइएको जनाएको छ । समुद्री फेन भनेको समुद्री माछा कटलफिसको अर्को नाम हो । कम्पनीले यो दिव्य दन्तमञ्जनलाई वनस्पतिबाट बनेको शाकाहारीहरूले उपयोग गर्न पाउने दाबी गरेको छ । यो कटलफिस उत्पादनमा राखेर पूर्णवनस्पति भनी दन्तमञ्जन बेचेकोमा रामदेवको कम्पनी विरुद्ध मुद्दा दायर गरिएको छ । कम्पनीलाई यसबारे जानकारी गराउन कानुनी पुर्जी पठाइएको छ । योग गुरु बनेर लोकप्रिय बनेका रामदेवले व्यापारी बनेका छन् । उनको पतञ्जली कम्पनीर्ला यसबारे जानकारी दिन पुर्जी पठाइएको सासा जैनले ट्विटरमा जानकारी दिएकी छिन् । समुद्र फेनको वैज्ञानिक नाम सिपिया ओफिसनेल्स हो ।  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट