Techie IT
  • २०८० चैत्र १६, शुक्रबार

बेलायतले रुसी हिरामाथि प्रतिबन्ध लगायो


काठमाडौं । बेलायतले रूसी हीरा र धेरै प्रकारका धातुहरूको आयातमा प्रतिबन्ध लगाएको छ । साथै रुसी सरकारको सैन्य औद्योगिक परिसरसँग संलग्न भनिएका ८६ व्यक्ति र कम्पनीहरूमाथि अतिरिक्त प्रतिबन्ध लगाएको बेलायतले घोषणा गरेको छ । प्रधानमन्त्री ऋषि सुनकको कार्यालयले बिहीबार एक विज्ञप्तिमा यो जानकारी सार्वजनिक गरेको हो । नयाँ प्रतिबन्धहरूले रूसको बहु–अर्ब डलरको हिरा व्यापार र तामा, आल्मुनियम र निकल लगायतका धातु निर्यातहरूको आयतन घटाउने अपेक्षा गरिएको छ । यो कदमले रूसको सरकारद्वारा संचालित खानी कम्पनी अलरोसालाई असर गर्ने भएको छ । यो कम्पनी हिरा उत्पादनका लागि विशेषरूपले चिनिन्छ । अलरोसाको हिरा बेलायती आयतमा पहिले नै ३५ प्रतिशत भन्सार शुल्क बढाइएको थियो । जापानको हिरोशिमामा शुक्रबार जी सेभेनका नेताहरूसँगको भेट हुन अघि बेलायती प्रधानमन्त्री सुनकको कार्यालयले यस्तो प्रतिबन्ध सार्वजनिक गरेकोहो । रुसी सरकारका अधिकारीहरूले यस बीचमा यस्ता प्रतिबन्धहरू रुस विरूद्ध पश्चिमा देशहरूले सुरु गरेको “हाइब्रिड युद्ध” युद्धको हिस्सा हो भनी टिप्पणी गर्दै आएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले प्रतिबन्धले देशलाई हानि पु¥याएको भए पनि पश्चिमाहरूको यो आर्थिक चालबाजी असफल भएको गत वर्ष एक सम्बोधनमा बताएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट