काठमाडौ । चीनसँगको सीमा विवाद चर्किएपछि भारतमा उग्र राष्ट्रवादीहरूले चिनियाँ सामानको विरोधलाई चर्काउँदा भारतीय अर्थतन्त्रलाई समस्या उत्पन्न हुन थालेको छ ।
अमेरिकाले चीनलाई तह लगाउन गरेको प्रयासले गर्दा चीनबाट निस्कन लागेको कम्पनीलाई भारतमा राख्ने प्रयास पनि सम्भव नदेखिएको अर्थ विज्ञहरुको बुझाइ रहेको छ । कम्पनीहरूलाई तान्न चाहिने आकर्षक प्रस्ताव पूरा गर्न चाहिने सक्षमताको अभाव भारतमा रहेको छ । कम्पनीहरुलाई भारतमा तान्न चाहिने सो सक्षमताको अभाव पूरा गर्न भारतलाई अझ ५ देखि १० वर्षको समय लाग्ने देखिएको छ ।
भारत चीन बीचको सीमा तनाव कम भइरहे पनि भारतले चीनसँगको आर्थिक बाधा फुकाउने तर्फ खासै ध्यान दिएको पाइदैन ।
यसले चीनबाट निस्केको जुनको कार्गो क्लियरिन्स हुने समय बढ्ने देखिन्छ । भारतले ५० एपलाई प्रतिबन्धित पनि गरेको छ ।
यसको नकारात्मक प्रभाव परिरहेको छ । अन्तर्राष्ट्रिय रुपमा ठूला कम्पनीको रूपमा रहेको फेडएक्स र डीएचएलले चीन र भारतबीचको सिपमेन्ट सेवा खारेज गरेका छन् ।
अर्को तर्फ हालैको औद्योगिक प्रतिवेदनका अनुसार भारतमा स्मार्टफोनको बिक्री साता दर साता जुलाईको सुरुमा ३०–४० प्रतिशतले बढेको छ । भारतीय भन्सारमा कस्टम क्लियरन्समा भइरहेको ढिलाईले आपूर्तिमा समस्या परेको द इकोनोमिक्स टाइम्सले जनाएको छ ।
भारतका कतिपय व्यावसायिक प्रतिष्ठानले चीनसँगको व्यापारिक सम्बन्ध खुकुलो नबनाउने निर्णयको स्वागत गरेका छन् भने कतिपयलाई समस्या भइरहेको छ ।
धेरै भारतीय कम्पनीहरू चिनियाँ आपूर्तिमा निर्भर रहेका छन् । उनीहरुको उत्पादनमा समस्या भइरहेको छ ।
भारतमा आधारित विदेशी उत्पादकहरु पनि चिनियाँ आपूर्तिमा निर्भर रहेकाले उनीहरुले भारतीय भन्सारमा भइरहेको क्लियरेन्सको समस्याले दिक्क भइरहेका छन् ।
पुँजीलाई मुनाफा चाहिएको हुन्छ । भारतले लगानीकर्ताहरुलाई त्यो सेवा उपलब्ध गराउन नसकेपछि कम्पनीहरु भारतमा जाने सम्भावना कम रहेको देखिएको छ ।
विगतका दशकमा भारत र चीनबीचको आर्थिक र व्यापार सहयोग बृद्धि भइआएको छ । यसो हुनुमा भारत र चीन आािर्थक रुपमा एक अर्काको पूरकको काम गरिरहनु रहेको थियो । भारतको ठूलो निर्यातकर्ताको रुपमा चीन आएको थियो । यसको अर्थ चिनियाँ उत्पादनमा उच्च प्रतिस्पर्धी फाइदा हुनु र भारतीय उपभोक्तालाई आकर्षण गर्नु रहेको हुन्छ ।
भारतमा चिनियाँ उत्पादनको विस्थापन गर्नु भारतका लागि धेरै कठिन हुन्छ ।
भारत विश्वको तेस्रो ठूलो कोरोना संक्रमितको संख्या भएको देश बन्न पुगेको छ । यस्तोमा आर्थिक इन्जिनलाई फेरि पटरीमा ल्याउन सहज हुने देखिदैन ।
अमेरिकाको लहैलहैमा चीनसँग भिडन्त गर्न खोज्नु भारत झन् गहिरो खाल्डोमा फस्ने देखिन्छ ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking