Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियटिकटकले तीन मिनेटसम्मको भिडियो बनाउन सक्ने विकल्प लिएर आउँदै

टिकटकले तीन मिनेटसम्मको भिडियो बनाउन सक्ने विकल्प लिएर आउँदै


काठमाडौ । विश्वभर सानो भिडियो बनाएर राख्न सक्ने सुविधा दिएर लोकप्रियता प्राप्त गरेको टिकटक कम्पनीले तीन मिनेटसम्मको लामो भिडियो बनाएर राख्न पाउने सुविधा लिएर आउन लागेको छ ।

चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकले केही साता भित्रै उपयोगकर्ताहरूका लागि तीन मिनेटसम्मको भिडियो बनाउन सक्ने विकल्प लिएर आउन थालेको जनाएको छ ।

टिकटक एपले उपयोगकर्ताहरूलाई एक मिनेटसम्मको मोबाइल मैत्री भिडियो बनाउने सुविधा उपलब्ध गराएको छ । यसमा स्पेसल इफेक्ट, म्युजिक लाइब्रेरीबाट साउन्ड ट्रयाकसहितको सुविधा दिएर टिकटकले आफूलाई किशोरकिशोरी माझ हालका वर्षमा धेरै लोकप्रिय बनाउन सफलता पाएको छ ।

टिकटकले आफ्नो ब्लग पोस्टमा “ केही साता भित्र हामी लामा भिडियो बनाउने विकल्प लिएर आउन लागेका छौं । टिकटकमा तीन मिनेटसम्मका भिडियो बनाएर एडिट गरी अपलोड गर्ने सुविधा उपलब्ध हुनेछ ।”

टिकटकको सफलताले अन्य सोसल मिडिया कम्पनीलाई यस्ता साना भिडियो सेवाको विशेष्ता थप्न बाध्य पारेको छ । फेसबुक तथा इन्स्टाग्रामले साना भिडियो क्लिप राख्न पाउने विकल्प रिल र स्न्यापच्याट जस्ता नामले ल्याउन लागेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस