Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियट्रम्पको कम्पनी र वित्तीय प्रमुख विरूद्ध कर छलीका मुद्दा दायर

ट्रम्पको कम्पनी र वित्तीय प्रमुख विरूद्ध कर छलीका मुद्दा दायर


काठमाडौ । निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनी र उसका वित्तीय प्रमुख विरूद्ध करसम्बन्धी मुद्दा दायर गरिएका छन् ।

७३ वर्षीय एलेन वेस्सलबर्ग बिहीबार न्युयोर्क अधिकारीहरू समक्ष आफै पुगेका छन् । १७ लाख अमेरिकी डलर बराबरको आयकर छली गरेको मुद्दा उनको विरूद्ध लगाइएको छ।

अभियोग लगाउने सरकारी वकिलहरूले १५ वर्ष लामो स्किमको उपयोग गरी कार्यकारीहरूले कर छली गरेको बताउँछन् । भाडा र स्कूल शुल्कजस्ता विषयलाई अधिकारीहरूबाट लुकाउने काम गरी कर छली गरेका छन् ।

कम्पनी र वेइस्सलबर्गका वकिलहरूले कर छली गरेको काम नगरेको तर्क गरेका छन् ।

ट्रम्प अर्गनाइजेसन पारिवारिक कम्पनी हो । यसले होटल, गल्फ क्लब र अन्य सम्पत्ति सम्बन्धी कम्पनी सञ्चालन गरिरहेको छ ।

यो फौजदारी अभियोगको विषयमा पहिले लामो अनुसन्धान गरिन्छ । जिल्ला महान्यायाधिवक्ता साइरस भेन्सले वेइस्सलबर्ग र कम्पनीका अन्य कार्यकारीहरूले अपार्टमेन्ट्को भाडा वा लिजमा कार लिएका छन् जसको विषयमा कर प्रतिफल पाउन सम्बन्धित अधिकारीलाई जानकारी नदिएको पाइएको बताए ।

कर छली र व्यावसायिक रेकर्डमा झूठो विवरण उल्लेख गरेको अभियोग लगाइएको घोषणा गरियो ।

ट्रम्प र उनका सहयोगीहरूले यो मुद्दा राजनीतिक प्रेरित रहेको आरोप लगाएकाछन् ।

उग्र बामपन्थी डेमोक्रेट्सहरूले कहिल्यै नभएको अहिले देश विभाजन गरिरहेको आरोप लगाउँदै आएका ट्रम्पको कम्पनीले बिहीबार यो न्यायको खोजी नभइ राजनीति भएको जनायो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस