Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियझण्डै सात सय वर्ष अघि करोडौको ज्यान लिने प्लेग ब्याक्टेरिया पाँच हजार वर्ष पुरानो खप्परबाट फेला

झण्डै सात सय वर्ष अघि करोडौको ज्यान लिने प्लेग ब्याक्टेरिया पाँच हजार वर्ष पुरानो खप्परबाट फेला


काठमाडौ । लातभियाको एक नदी निकटबाट फेला परेको एक प्राचिन खप्परमा करोडौं मानिसको ज्यान लिने प्लेग ब्याक्टेरिया फेला परेको छ ।

मानव इतिहासमा सबै भन्दा बढी प्राणघाती मानिएको यो महामारीले युरोपका करोर्डौं मानिसको ज्यान लिएको थियो ।

जर्मनीको किएल युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले शताब्दीयौं पहिले महामारी ल्याउने ब्याक्टेरियाको स्ट्रेन फेला परेको र यसलाई येरसिना पेस्टिस भनिएको बुधबार खुलासा गरे ।

बाल्टिक देशको कुनै शिकारीको अवशेषबाट लिइएको स्याम्पलबाट प्लेगको ब्याक्टेरिया फेला परेको विषय सेल वैज्ञानिक जरनलमा प्रकाशित भएको छ ।

५ हजार वर्ष पहिले २० वर्ष उमेर भएका व्यक्तिको अवशेषबाट त्यो ब्याक्टेरिया फेला परेको जनाइएको हो ।यो ब्याक्टेरियाको पहिचानबाट विद्यमान र भविष्यमा हुन सक्ने महामारी सम्बन्धी ज्ञानमा विस्तार हुनेछ ।

यो स्ट्रेन हजारौं वर्ष पछि विकसित भइ युरेसिाका मानिसहरूमा संक्रमण गरी करोडौं मानिसको ज्यान लिने स्ट्रेनको तुलनामा कम संक्रमण क्षमताको रहेको अध्ययनबाट पाइएको छ ।

सन् १३४७ देखि १३५१को बिचमा मूसा र किराबाट सरेको यो ब्ल्याक डेथ नाम गरेको रोगबाट साढे सात करोड देखि बीस करोड मानिसको ज्यान गएको आँकलन गरिएको छ ।

यो महामारीका बेला युरोपको करिब ३० देखि ५० प्रतिशत जनसंख्याको मृत्यु भएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको प्रतिक्रिया दिनुहोस