Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियविश्व स्वास्थ्य संगठनद्वारा चीन मलेरिया मुक्त भएको घोषणा

विश्व स्वास्थ्य संगठनद्वारा चीन मलेरिया मुक्त भएको घोषणा


काठमाडौ । विश्व स्वास्थ्य संगठनद्वारा (डब्लुएचओ) चीन औंलो (मलेरिया) मुक्त भएको घोषणा गरिएको छ । ७०वर्षको निरन्तर प्रयासबाट चीनबाट औंलौ उन्मूलन गरिएको हो ।

सन्१९४० देखि वर्सेनी तीन करोड औंलोका बिरामी हुने गरेको रिपोर्ट प्रस्तुत गर्दै आएको थियो ।त्यसबेला देखि औंलो उन्मूलन प्रयास सुरु गरिएको थियो ।

लामखुट्टेबाट सर्ने औंलोको चक्र तोड्न विभिन्न विधि अपनाइयो ।

डब्लुएचओले विगत चार वर्षयता औंलोको कुनै बिरामी फेला नपरेकाले चीनलाई औंलो उन्मूलन भएको प्रमाणीकरण गरिएको जनायो ।

चीनले यो सपलता प्राप्त गरेको डब्लुएचओका महानिर्देशक टेडरोस अधानाम गेब्रेयससले बताए ।

चीनको सत्ताधारी पार्टी चिनियाँ कम्युनिस्ट पार्टीले स्थापनाको सयवर्ष पूरा गरिरहेको अवसरमा शतवार्षिकी समारोह मनाइरहेका बेला औंलो उन्मूलन प्रमाणीकरण भएबाट अर्को ठूलो उपलब्धि चीनलाई प्राप्त भएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ सरकार सदैव जनताको स्वास्थ्य , सुरक्षा र समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बताए ।

चीनबाट औलौं उन्मूलन हुने चीनद्वारा मानव स्वास्थ्य तथा वैश्विक मानवअधिकारको क्षेत्रमा प्राप्त गरेको प्रगति भएको उनले जनाए ।

लामखुट्टेको टोकाइबाट संक्रमणबाट हुने मलेरिया रोगले मानिसको ज्यानसम्म लिने रोग हो ।ज्वरो, टाउको दुखाई तथा जिउ काम्ने जस्ता लक्षणका साथ आउने यो रोगको उपचार सुरुमा गर्न नसकिए यसले अन्य रोग थपेर मृत्युसम्म गराउने रोगको रूपमा लिइन्छ।

यो रोगको रोकथाम र उपचार सम्भव रहेको भएपनि विश्वभर वर्सेनी २२ करोड ९० लाख बिरामी सन्२०१९मा रहेको आँकलन गरिएको थियो । जसमा चार लाख ९ हजारको मृत्यु भएको थियो ।अफ्रिकाका ९४ प्रतिशत संक्रमणमा औंलोको हुने गरेको छ ।
चिनियाँ सरकारले औंलो उन्मूलनका लागि मलेरिया विरोधी औषधि, लामखुट्टेको वंश वृद्धि चक्र तोड्न औषधि छर्ने, र कीराको उपचार गरिने झूलको वितरण गर्ने अभियान सञ्चालन गरेको छ।

डब्लुएचओका अनुसार चीन मलेरिया मुक्त हुने चालिसौं देश बन्न पुगेको छ । विगत केही वर्ष यता अर्जेन्टिना , अल्जिरिया र उज्बेकिस्तान मलेरिया मुक्त घोषणा गरिएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस