अफगानिस्तानबाट अमेरिकी सेना फर्काउने काम केही दिनमै पूरा हुँदै
काठमाडौ अमेरिकी सेनाले अफगानिस्तानबाट केही दिन भित्रै फर्किने भएको छ ।
तलिबानले युद्ध क्षेत्र जित्दै गएको बेला अमेरिकी सेना फर्किन लागेको हो ।
राजधानी काबुलस्थित दूतावास र विमानस्थलको सुरक्षाका लागि केही अमेरिकी सेना रहने बाँकी सबै फिर्ता हुने अमेरिकी अधिकारीहरूले रोयटर्ससँग कुराकानी गर्दै जनाएका छन् ।
अमेरिकाका एक शीर्ष कमान्डरले अमेरिकी सेनाको अन्तिम समूह फिर्ता भएलगत्तै अफगानिस्तान गृहयुद्धमा फस्ने जोखिम रहेको चेताएका बेला अमेरिकाले सेना फिर्ता केही दिन भित्रै फिर्ता गर्ने समाचार सार्वजनिक भएको हो ।
अमेरिकाले सेना फिर्ता गर्ने भने यता तलिबानले त्यहाँका भूभागमा कब्जा गर्न सुरु गरेको छ ।
६५० जना अमेरिकी सेना दूतावास र विमानस्थलको सुरक्षाका लागि अफगानिस्तानमा रहने बाँकी सबै फिर्ता हुने अपेक्षा गरिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिकी सेना सेप्टेम्बर अघि फकाई सक्ने योजना सार्वजनिक गरिसकेका छन् ।
अमेरिकी जनरल स्कट मिलरले अपगानिस्तानका नेतृत्व एक नभए त्यहाँका लागि ठूला समस्या उत्पन्न हुने चेतावनी दिएका छन् ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking