क्यानाडामा गर्मीका कारण दर्जनौँको मृत्यु
काठमाडौ । क्यानाडामा धेरै गर्मीका कारण दर्जनौं मानिसको मृत्यु भएको छ ।
अहिलेसम्म यस्तो चर्को गर्मी क्यानाडामा रेकर्ड गरिएको थिएन ।
प्रहरीले शुक्रबार देखि अहिलेसम्म १३० जना भन्दा बढीको मृत्यु भएको जनाएको छ । ती मध्ये अधिकांशसँग अन्य स्वास्थ्य समस्याहरू पनि रहेका थिए ।
क्यानाडामा १२१ .३ फरेनहाइट तापक्रम लिटन, ब्रिटिश कोलम्बिया क्षेत्रमा मापन गरिएको छ ।
अमेरिकाको उत्तर पश्चिममा पनि उच्च तापक्रम मापन गरिएको र गर्मीबाट हताहतीको खबर छ ।
मौसम विज्ञहरूका अनुसार क्यानाडा र अमेरिकाका ती क्षेत्रमा गर्मी अझ बढने छ ।
आइतबार अघि क्यानाडामा कहिल्यै पनि ४५ डिग्री सेल्सियस तापक्रम नाघेको थिएन् ।
गर्मीले त्यस क्षेत्रका परिवारहरूलाई समस्यामा पारेको त्यहाँका अधिकारीहरूले जनाएका छन् ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking