Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियइथिओपियाका विद्रोही टिग्रेतर्फ बढ्दै

इथिओपियाका विद्रोही टिग्रेतर्फ बढ्दै


काठमाडौं । इथिओपियाको टिग्रे क्षेत्रमा विद्रोही लडाकुहरूले सरकारी सेनाबाट मिकेल कब्जा गरी निरन्तर अगाडि बढिरहेका छन् ।

विद्रोहीहरूले १४० किलोमिटर उत्तर पश्चिममा पर्ने शायर शहरमा प्रवेश गरेको संयुक्त राष्ट्रसंघका अधिकारीहरूले जनाएका छन् ।

इथिओपियाको सेनालाई समर्थन गर्दै आएको एरिट्रियन सेनाले यसअघि शहर छोडेका थिए ।

सरकारले आठ महिना लामो द्वन्द्व रोक्न युद्ध विराम घोषण गरेको छ तर विद्रोहीहरूले टिग्रेबाट शत्रुलाई लखेट्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

टिग्रे पिुपुल्स लिब्रेसन फ्रन्ट र सरकारी सेना बिच भएको भिडन्तमा हजारौं मानिसको मृत्यु भइसकेको छ ।

२० लाख भन्दा बढी मानिस विस्थापित भएका छन भने साढे तीनलाखलाई खडेरीको समस्यामा धेकेलिएका छन् ।

गत नोभेम्बरमा राजनीतिक सुधारको प्रस्तावलाई अस्वीकार गरी सेनाका शिविरलाई कब्जा गर्न सुरु गरेको थियो । सरकारी सेनाले त्यसपछि मिकेले कब्जा गरेको थियो ।

विद्रोही समूका प्रवक्ता गेटाच्यु रेडाले टिग्रेका लडाकुहरूले शत्रुलाई समाप्त पार्ने जनाएका छन् ।

एरिट्रियन सेनाको अवस्था अस्पस्ट रहेको भएपनि शायरका एक बासिन्दा अनुसार उत्तरको सीमावर्ती क्षेत्रमा हिँडिरहेको देखिएका छन् ।

विद्रोहीहरूले अधिकांशका क्षेत्र अहिले कब्जामा लिएको अन्तर्राष्ट्रिय क्राइसिस समूहले जनाएको छ ।

विद्रोहीहरूले मिकेले फेर कब्जामा लिएपछि त्यहाँका प्रधानमन्त्री अबि अहमदसँग विकल्प थोरै बाँकी रहेको छ । उनले एकतर्फीरूपमा युद्धविरामको घोषणा गरेका हुन् ।

विद्रोहीहरूले युद्धविरामको बेवास्ता गरि क्षेत्र कब्जा गरी हिँडदै गएका छन् ।

अन्तरसमुदायले युद्ध विरामले भिडन्त कुनै मोड लिने हो वा होइन त्यसलाई प्रतिक्षा गरी हेरी रहेका छन् ।

इथिओपिया १० आदिवासी क्षेत्रमा विभाजित रहेको छ । सन् २०१८मा सरकार विरोधी विरोधको क्रममा अबि अहमदले सुधार गर्ने गरी प्रधानमन्त्रीको पद सम्हाले थिए । इथिओपियाको उत्तरीक्षेत्र टिग्रेका शक्तिशाली राजनीतिज्ञहरूले अबिमाथि संघीय शक्ति बढाउन खोजेको आरोप लगाएका छन् ।

टिग्रेका विद्रोहीहरूले सेनाका शिविरमा आक्रमण गरेको भनी इथिओपियन सेना नोभेम्बरमा अगाडि बढ्दा स्थिति बिग्रेर गएको थियो । २१ जुनमा राष्ट्रिय चुनाव अगाडि नोभेम्बरमा प्रधानमन्त्री अबिले द्वन्द्वको घोषणा गरे ।

द्वन्द्वरत सबै पक्षबाट मानवअधिारको उल्लंघन भएको र आम मानिसको हत्या भएको आरोप लगाइएको छ ।

मंगलबार अमेरिकाको विदेश विभागका बरिष्ठ अधिकारी रोबर्ट गोडेकले टिग्रेमा भएको भयानक अत्याचार हेरी अमेरिका चुप लागेर नबस्ने बताएका थिए ।

युद्धविरामको घोषणाले सकारात्मक अवस्था आउने विदेश विभागको विश्वास रहेको छ ।

इथिओपियको उत्तर क्षेत्रमा खडेरी परेको राष्ट्रसंघीय भनाइलाई त्यहाँको सरकारले अस्वीकार गरेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस