Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय


काठमाण्डौ । दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय सुनाइएको छ । दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो अदालत संवैधानिक अदालतले यस्तो फैसला गरेको हो ।

संवैधानिक अदालतले पूर्वराष्ट्रपति ज्याकब जुमालाई अदालतको अवहेलना गरेको विषयमा दोषी पाएको थियो ।

ज्याकब जुमा राष्ट्रपति हुँदा भ्रष्टाचारको एक मुद्दामा उनलाई एक जाँच आयोग समक्ष उपस्थित हुनुपर्ने थियो । उनी संवैधानिक अदालतको आदेशपछि पनि जाँच आयोग समक्ष उपस्थित भएनन् । सन् २०१८ मा ज्याकम जुमाको कार्यकाल सकिएको थियो ।

पदमा रहँदा उहाँमाथि भ्रष्टाचारका कैयौँ आरोप लागेको थियो । केही कारोबारी घरानाका नेतासँग मिलेमतो गरेर निर्णय लिने प्रक्रिया प्रभावित गरेको आरोप पनि उनीमाथि लागेको थियो ।

यद्यपि पूर्वराष्ट्रपति जुमा एक पटक जाँच आयोग समक्ष उपस्थित भएका थिए तर पछि उनलाई त्यहाँ उपस्थित हुनबाट अस्वीकार गरिएको थियो ।

पूर्वराष्ट्रपति जुमालाई पक्राउ गरिने या नगरिनेमा भने बताइसकिएको छैन ।

एक अन्य मुद्दामा ज्याकब जुमाले गएको महिना आफूलाई निर्दोष बताएका छन् । ९० को दशकमा यस विषयमा उनमाथि पाँच अर्ब डलरको रक्षा खरिदमा भ्रष्टाचार गरेको आरोप छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #hot

प्रतिक्रिया


ताजा अपडेट