Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी सर्वोच्च अदालतका न्यायाधीश भन्छन् –‘गाँजामाथिको बन्देज हटाउ’

अमेरिकी सर्वोच्च अदालतका न्यायाधीश भन्छन् –‘गाँजामाथिको बन्देज हटाउ’


काठमाडौ । अमेरिकी सर्वोच्च अदालतका न्यायाधीशहरूमा सर्वाधिक रूढीवादी न्यायाधीशको रूपमा चिनिएका न्यायाधीश मध्येका एक क्लियरेन्स थमसले गाँजाको उपयोग वा उत्पादनमा बन्देज लगाइ राख्नु आवश्यक नभएको बताएका छन् ।

उनले गाँजाको उपयोग वा उत्पादनमा अन्तरप्रान्तीय निषेधाज्ञाको आवश्यकता हुन नसक्ने लेखेका छन् ।

कोलोराडोको गाँजा वितरण गर्ने एक औषधि पसलले गरेको पुनरावेदनको सुनुवाइ गर्न इन्कार गरिएपछि उनको यो दृष्टिकोण सार्वजनिक भएको छ ।

थमसले सर्वोच्च अदालतको सन् २००५मा गरिएको फैसलाले गाँजा राख्दा अवैध हुने कुरो अर्थहीन भएको बताए ।

१६ वर्ष पुरानो संघीय नीतिहरूले अवैध हुने कारणको अवमूल्यन गरेको बताए ।

३६ अमेरिकी प्रान्तहरूले गाँजाको औषधि प्रयोगलाई अनुमति दिएका छन् । १८ प्रान्तले यसको पुनर्सिजनात्मक उपयोगका लागि अनुमति दिएका छन् ।

तर संघीय कर कानुनले गाँजाको व्यवसाय गर्नेलाई तिनका व्यवसाय खर्च घटाउन अनुमति दिएको छैन् ।

यो कानुनले गर्दा यो रातो सूचीमा रहेका कुनै व्यवसायले आफ्ना कामदारहरूलाई भुक्तानी गर्दा पनि संघीय आयकर तिर्नुपर्ने भएको थमसले बताए ।

न्याय विभागले संघीय सरकार वकिलहरूलाई गाँजाको व्यवसाय गर्नेहरू विरूद्ध कानुन कारबाही नगर्न निर्देशन दिएको छ ।

अनि सन् २०१५ देखि अमेरिकी कांग्रेसले न्याय विभागलाई प्रान्तहरूलाई तिनका कानुन कार्यान्वयन रोक्न संघीय रकम खर्च नगर्न निषेध गरेको छ ।

तर आन्तरिक राजस्वले गाँजा उत्पादक तथा बिक्रेता विरूद्ध कानुन कार्यान्वयन गर्ने कार्यको निरन्तरता दिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस