न्यायाधीशले मुद्दा खारेज गरेपछि फेसबुकको बजार मूल्य १० खर्ब अमेरिकी डलर पुग्यो
काठमाडौ । अमेरिकाको संघीय न्यायाधीशले फेसबुक विरूद्ध मुद्दा खारेज गरे पछि उसको बजार मूल्य १० खर्ब अमेरिकी डलर नाघेको छ ।
४८ महान्यायाधिवक्ताहरूले एकाधिकारवादी व्यवहार विरूद्ध दायर गरिएको मुद्दालाई खारेज गरिएको हो ।
डिसेम्बर २०२०मा दायर गरिएको यो मुद्दालाई न्यायाधीश जेम्स बोआसबर्गले पूर्वाग्रह प्रेरित मुद्दा भएको भनी खारेज गरेका हुन् ।
यो फैसला पछि फेसबुकको प्रति सेयर मूल्य ३५५.६४ अमेरिकी डलर भयो । यो वृद्धिसँगै कम्पनीको बजार मूल्य पहिलो पटक १० खर्ब अमेरिकी डलर बराबर भयो ।
अमेरिकाका ४८ महान्यायाधिवक्ताले फेसबुकले साना प्रतिस्पर्धीलाई समाप्त पार्न एकाधिकारवादी शक्तिको उपयोग गरेको आरोप लगाएका थिए ।
अलबामा, जोर्जिया, साउथ क्यारोलिना र साउथ डाकोटाका महान्यायाधिवक्ताहरू मुद्दा हाल्ने समूहमा सामेल भएका थिएनन् ।
न्यायाधीशले मुद्दामा माग दाबीलाई पूरा गर्ने प्रमाणको अभाव रहेको बताउँदै मुद्दा खारिज गरिदिएका छन् ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking