लन्डनको एलिफ्यान्ट र क्यासल रेल स्टेसन निकट आगलागी

काठमाडौ । बेलायतको राजधानी लन्डनस्थित अन्डरग्राउन्ड एलिफ्यान्ट र क्यासल रेल स्टेसन निकट एक व्यापारिक प्रतिष्ठानमा ठूलो आगलागी भएको छ ।
स्टेसन खाली गराइ अग्निनियन्त्रकहरूले आगो निभाउन सक्रिय रहेका छन् ।
सोसल मिडियामा सार्वजनिक भएका फुटेजमा धुवाँको बाक्लो मुस्लो उठेको देखिन्छ ।
आपत्कालीन सेवाकर्मीहरूको उपस्थिति एक भिडियोमा देखिन्छ ।
१५ दमकल र १०० अग्निनियन्त्रकहरू आगो निभाउन पठाइएको लन्डन फायर ब्रिगेडले जनाएको छ ।
तत्काल हताहतीसम्बन्धी कुनै जानकारी सार्वजनिक भएको छैन ।
लन्डन फायर ब्रिगेडले त्यस क्षेत्रका बासिन्दालाई क्षेत्र खाली गर्न तथा झ्याल ढोका बन्द गर्न आग्रह गरेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
प्रतिक्रिया