बेलायतद्वारा क्रिप्टोकरेन्सीको कारोबार गर्ने सबै भन्दा ठूलो नेटवर्क ‘बाइनेन्स’ प्रतिबन्धित

काठमाडौ । बेलायतको वित्तीय कारोबारको निगरानी गर्ने निकायले क्रिप्टोकरेन्सीको कारोबार गर्ने विश्वकै सबै भन्दा ठूलो नेटवर्क ‘बाइनेन्स’लाई प्रतिबन्धित गरेको छ ।
डिजिटल सम्पत्तिको विश्वभर भइरहेको कारोबारको सूक्ष्म निगरानी गरिएपछि यो प्रतिबन्ध लगाइएको हो ।
वित्तीय आचरण प्राधिकरण एफसीएले पनि बाइनेन्स मार्केट्स लिमिटेडको विषयमा ग्राहकका लागि सावधानी सार्वजनिक गरेको छ ।
एफसीएले सम्पत्ति शुद्धीकरणका नियमहरूलाई पालना नगरी अधिकांश क्रिप्टोकरेन्सी सम्पत्तिको कारोबार उच्चरूपमा पाइएको जनाएको छ ।
बाइनेन्सले आफ्नो डिजिटल सम्पत्ति बजार बेलायतमा ल्याउने योजना बनाइरहेको बेला यो बन्देज लगाइएको हो ।
प्रतिबन्धका बाबजुत बाइनेन्स मार्केट्स लिमिटेडले बेलायती उपभोक्ताका लागि क्रिप्टो व्यापार अवसर उपलब्ध गराउन सक्नेछ । बाइनेन्स डटकमबाट सेवालाई रोक्ने गरी नोटिस जारी नभएको बाइनेन्सका एक प्रवक्ताले जनाएका छन् ।
उनले नयाँ अवस्थामा परिवर्तन भइरहेको नीति, नियम तथा कानुन अनुसार काम गर्न कम्पनी सक्रिय रहने जनाए ।
जुन २५मा जापानको वित्तीय निगरानी निकायले बाइनेन्स दर्ता नभएको सूचना जारी गरेको थियो ।
चिनियाँ अधिकारीहरूले क्रिप्टोकरेन्सी गतिविधिलाई रोक्न देश व्यापी अभियान सञ्चालन गरी आएको छ । डिजिटल करेन्सीको कारोबारमा चीनले रोक लगाएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking
प्रतिक्रिया