Techie IT
  • २२ जेठ २०८०, सोमबार
Jhilko

अत्यधिक पश्चिमा प्रतिनिधित्व घटाउँदै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको सुधार गर्नुपर्ने रुसको आह्वान


काठमाडौ । पश्चिमाहरूको अत्यधिक प्रतिनिधित्व भएको भन्दै बढी सन्तुलित विश्व प्रणाली बनाउन पूर्व तथा दक्षिणका देशहरूलाई सहभागी गराउनुपर्ने आवश्यकता रहेको रुसका विदेशमन्त्री सर्जेइ लभरभले बताएका छन् ।

कोमरस्यान्ट दैनिकमा आलेख लेखेर विदेशमन्त्री लभरभले राष्ट्रसंघीय सुरक्षा परिषदमा पश्चिमा देशहरूलाई धेरै अधिकार रहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्धहरूको लोकतान्त्रिकरण गर्न आह्वान गरेका छन् ।

सुरक्षा परिषदमा १५ देशहरूको सहभागीतामा बन्छ । यसमा पाँच देश चीन, फ्रान्स, रुस , बेलायत र अमेरिका स्थायी देशहरू छन् । स्थायी देशहरूमा अफ्रिका, दक्षिणपूर्वी एसिया वा दक्षिण अमेरिकाबाट कुनै प्रतिनिधित्व रहेको छैन् ।

१० देशहरू चक्रीय प्रणाली अनुसार यसमा सहभागी हुन्छन् । अफ्रिकाबाट तीन, एसिया प्रशान्तबाट दुई, पूर्वी युरोपबाट एक, दुई ल्याटिन अमेरिका तथा क्यारेबियन र दुई पश्चिम युरोपबाट चक्रिय प्रणाली अनुसार आमन्त्रित गरिन्छ । लभरभले जनाए अनुसार यो पश्चिमाहरूको पक्षमा व्यवस्थित गरिएको छ ।

संयुक्त राष्ट्रसंघको मुख्य निकायमा पश्चिमाहरूको अत्यधिक प्रतिनिधित्वलाई समाप्त गरी अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई बढी लोकतान्त्रिक बनाउन र बहुकेन्द्रित विश्व प्रणालीलाई स्वीकार गर्न प्रयास गर्नुपर्ने उनले लेखेका छन् ।

पश्चिमाहरूले जे लेख्छन त्यही विधिमा आधारित विश्व प्रणाली हुने गरेको अहिलेको पश्चिमा वर्चस्व उपकरण रहेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले जी सेभन र नेटोको पुरानो विश्व प्रणालीको पुनस्र्थापना गरेको उनले जनाए ।

आपसी सहमतिका आधारमा नयाँ पुरानो अगुवा अर्थतन्त्र समावेश हुने गरी अझ बढी प्राकृतिक प्लेटफर्मका लागि मिलेर कामगर्नुपर्ने बताउँदै जी सेभनमा रहेका क्यानाडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका र ब्रिक्सका ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकालाई मिलाउनुपर्ने उनले बताए ।

यसका लागि अन्तर्राष्ट्रिय मामिलामा एकीकृत एजेन्डाका लागि खुला तथा निष्पक्ष संवादका लागि रुसले सबै देशसँग छलफलका लागि प्रस्ताव गरिरहेको उनले जनाए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


ताजा अपडेट