Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियबेलायतका कैदीले जेलमा ‘कल गर्ल’ बोलाएपछि…

बेलायतका कैदीले जेलमा ‘कल गर्ल’ बोलाएपछि…


एजेन्सी । जेलमा एक कैदीले कर्ल गर्ललाई बोलाएका छन् । मोबाइलमा खिचेको तस्विर सार्वजनिक भएपछि यो कुराको पर्दाफास भएको छ । फोटो सार्वजनिक भएपछि त्यहाँको सुरक्षा व्यवस्थालाई लिएर प्रश्न खडा भएको छ ।

बेलायतको सफोकमा रहेको एचएम जेलमा एक कैदप्ले जेलमा कर्ल गर्ललाई बोलाएका थिए । त्यसको अश्लिल तस्बिरहरु मोबाइलमा खिचिएको थियो । यो तस्बिर भाइरल भएपछि यस कुराको पर्दाफास भएको हो । जेलमा कर्ल गर्ल छिर्नु त्यसैमा पनि सुरक्षाका व्यवस्थामाथि प्रश्न खडा भएको छ भने अर्को मुख्य प्रश्न मोबाइल जस्ता इलेक्ट्रोनिक सामग्री कहाँबाट जेलभित्र छिरे भन्ने भएको छ ।

वेभसाइट द सनको रिपोर्टका अनुसार कैदी लागुऔषध मुद्दामा जेलमा सजाय भोगीरहेका थिए । यस विषयमा लेबर सांसद एण्डी स्लाटरले विरोध जनाएका छन् । उनले जेल पुनर्वासको स्थान भएको तर कुनै मनोरञ्जलन स्थाल नभएको बताए । प्रहरी यस घटनाको बारेमा अनुसन्धानमा जुटेको छ भने जेलमा आउने संदिग्ध महिलाको खोजीमा लागेको छ । समाचार स्रोतका अनुसार जेलमा कर्ल गर्ल आउनुले जेलको सुरक्षाको विषय मजाक बिषय भएको बताइएको छ ।

कुनै पनि महिला यसप्रकारको खतरा मोल्नुलाई मानिसहरुले गम्भीर परिघटनाका रुपमा लिएका छन् । खतरनाक पुरुष अपराधीहरु भएको जेलमा महिला एक्लै जानु कम चानचुने विषय थिएन । कतिपय धेरै नै हिंस्रक र बलात्कारकै पनि अपराधमा सजाय कटाईरहेका छन् । जेल प्रशासनका प्रवक्ताले यसप्रकारको व्यवहार स्वीकार्य नभएको बताए र यसका लागि अपराधीलाई दण्ड दिने बताए । उनले यसबारेमा पूर्ण रुपमा अनुसन्धान भइरहेको र जेलको सुरक्षाका लागि थप अतिरिक्त उपायहरु प्नि अपनाइएको बताए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, रोचक
ट्याग : #call girl


तपाईको प्रतिक्रिया दिनुहोस