Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

भारतमा पहिले देखापरेको डेल्टा स्ट्रेन अस्ट्रेलियामा फैलियो


काठमाडौ । भारतमा पहिले देखा परेको सर्ने क्षमता उच्च भएको कोरोनाभाइरसको डेल्टा स्ट्रेन अस्ट्रेलियाको सिडनीमा फैलिएको छ ।

अस्ट्रेलियाको सिडनीमा डेल्टा स्ट्रेनबाट १२८ संक्रमित फेला परेको छ । सानो संख्यामा यसको संक्रमण नर्थन टेरिटरी, क्विन्सल्यान्ड र वेस्टर्न अस्ट्रेलियामा फेला पारेको छ ।

यो संक्रमण एकै पटक देशका विभिन्न ठाउँमा पहिलो पटक देखा परेको हो । संघीय सरकार र स्थानीय सरकारहरूले सोमबार आपत्कालीन छलफल गर्ने भएका छन् ।

थप संक्रमण फैलिन नदिन विभिन्न प्रान्तले सीमा बन्द गर्ने र नयाँ बन्देज लगाउने भएको अवस्था आइपुगेको ट्रेजर जोस फ्राइडनबर्गले बताए ।

अस्ट्रेलियामा यो महामारी नयाँ चरणमा प्रवेश गरेको छ । यसमा द्रुतगतिमा सर्ने डेल्टा स्ट्रेन पनि साथ साथै बढिरहेको उनले एबीसी न्युजसँगको कुराकानी गर्दै भने ।

सिडनी र डार्बिन लगायतका चार प्रान्तमा बन्दजे लगाइसकिएको छ ।

सिडनीमा बस्ने ५० लाख मानिसलाईघरमै बस्न आदेश दिइएको छ । अन्य प्रान्तले पनि लकाडाउन विस्तार गरेका छन । व्यावसायिक प्रतिष्ठानलाई सेवा बन्द गर्न आदेश दिइएको छ ।

अस्ट्रेलियाले कोभिड संक्रमणको स्तर धेरै कम राख्न सकेको देखिएको छ ।द्रुतगतिको परीक्षण, क्वारेन्टाइन व्यवस्था र ट्रेसिङ सिस्टम प्रभावकारी बनाएर महामारीलाई न्युनस्तरमा राख्न सकेको देखिएको छ ।

यो वर्ष कोभिडबाट मर्ने संख्या अस्ट्रेलियामा उल्लेख गरिएको छैन् । समग्रमा अस्ट्रेलियामा अहिलेसम्म कोरोनाबाट ९१० जनाको मृत्यु र ३० हजार ४५० संक्रमणको रेकर्ड रहेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


ताजा अपडेट