Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिका र क्यानाडामा गर्मी बढे पछि मानिसहरू कूलिङ सेन्टर खोज्दै

अमेरिका र क्यानाडामा गर्मी बढे पछि मानिसहरू कूलिङ सेन्टर खोज्दै


काठमाडौ । अमेरिकाको उत्तर पश्चिम प्रशान्त क्षेत्र तथा क्यानाडामा गर्मी बढेपछि खप्न नसकि त्यसक्षेत्रका मानिसहरूले चिसो ठाउँ कूलिङ सेन्टर खोज्दै हिँडेका छन् ।

अमेरिकाको राष्ट्रिय मौसम सेवाले जारी गरेको विज्ञप्तिमा गर्मी धेरै बढ्ने भएकाले त्यसबाट आवश्यक उपाय अपनाउन सचेत गराइएको छ ।वासिंटन, ओरेगन, क्यालिफोर्निया र इदाहो प्रान्तमा गर्मी बढेर गएको छ ।

केही क्षेत्रहरूमा कूलिङ सेन्टरहरू खोलिएका छन् । मानिसहरू एयर कन्डिसन भवनमा गर्मी छल्न लागेका छन् ।

अमेरिका र क्यानाडाको उत्तरपश्चिम क्षेत्रमा उच्च दबाबका कारण तापक्रम बढेर गएको छ ।

विज्ञहरूका अनुसार जलवायु परिवर्तनले गर्दा गर्म हावाको तरङले ‘लू’ जस्ता खतरा उत्पन्न हुने छ ।

जलवायु परिवर्तनले प्रणाघाती बाढी, आँधी र लू आउने क्रम बढाउने विज्ञहरूले बताएका छन् ।

यस क्षेत्रमा आउँदा केही दिनहरू झन खतरनाक हुने देखिएको छ । तापक्रम २० देखि ३० फरेन हाइट भन्दा औसतरूपमा वासिंटन र ओरेगन प्रान्तमा बढेर जाने देखिएको छ ।

सियाटलर र पोर्टल्यान्डमा तापक्रमको सबै रेकर्ड आइतबार सोमारमा तोड्ने भएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस