Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियचीनले मंगल ग्रहका नयाँ फोटो र आवाज सहितको भिडियो सार्वजनिक ग-यो

चीनले मंगल ग्रहका नयाँ फोटो र आवाज सहितको भिडियो सार्वजनिक ग-यो


काठमाडौ । चीनको अन्तरिक्ष अध्ययन संस्थान सीएनएसएले मंगलग्रहमा पठाएको अन्तरिक्ष अभियान तियानवेनले पठाएको फोटो र भिडियोहरू सार्वजनिक गरेको छ । जुरोङ रोभरले मंगलग्रहमा अवतरण गरिरहेको र छेउछाउ घुमेको सतहसहितको फोटो पठाएको छ ।

पहिलो भिडियोले रोभर पारासुटबाट खुलेर मंगलग्रहमा ओर्लन भनिएको ठाउँ उटोपिया प्लानिटिया मैदानी क्षेत्रमा मे १५मा स्पर्श गरेको दृश्य दर्शाउँछ ।

दोस्रो कालोसेत फुटेजमा आवाजहरू रेकर्ड गरिएका छन् । तेस्रो व्यक्तिले देख्ने दृश्यका फोटोहरू पनि देखिएको छ । चीनले चिनियाँ कम्युनिस्ट पार्टीका १०० वर्षको शतवार्षिकी मनाउन लागेको हो ।

यस अवसरमा चीनले मंगलग्रहमा पठाएको अन्तरिक्ष रोबोटको उपलब्धिको रूपमा तियानवेन एक स्याटेलाइटका फोटो सार्वजनिक गरेको हो ।

जुलाई एकमा मनाइने चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकी अवसरमा जुरोङको सफलतालाई उल्लेख गरिएको छ ।

अमेरिका पछि मंगलग्रहमा रोबोट पठाउने चिनियाँ वैज्ञानिकहरूले कम्तीमा ९० दिनसम्मको डेटा संकलन गरी त्यो रोबोटले पठाउने विश्वास लिएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस