Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी राष्ट्रपति बाइडनको इशारामा इराक सिरिया सीमामा हवाई आक्रमण

अमेरिकी राष्ट्रपति बाइडनको इशारामा इराक सिरिया सीमामा हवाई आक्रमण


काठमाडौं । अमेरिकी रक्षामन्त्रालयले इरान समर्थित लडाकुहरूले उपयोग गरेका सुविधाहरूलाई लक्ष्य बनाइ आक्रमण गरेको दाबी गरेको छ ।

अमेरिकीहरू विरूद्ध लडाकुहरूले ड्रोन आक्रमण गर्न खोजेकोले यो आक्रमण गरिएको मन्त्रालयले जनाएको छ ।

रक्षामन्त्रालयले इराक सिरिया सीमावर्ती क्षेत्रमा रहेको इरान समर्थित लडाकु समूहहरूले उपयोग गर्ने सुविधाहरूमा आइतबार साँझ रक्षात्मक हवाई आक्रमणहरू अमेरिकी राष्ट्रपति जो बाइडनको निर्देशनमा गरिएको आइतबार रक्षामन्त्रालयका प्रेस सचिव जोन किर्बीले जनाए ।

इराकमा अमेरिकीहरू रहेको ठाउँ र सुविधाहरूका विरूद्ध मानवरहित हवाइ वाहनको उपयोग गरी इरान समर्थित लडाकुहरूले आक्रमण गर्न खोजेकाले यी आक्रमण छनौट गरी गरिएको किर्बीले जनाए ।

आईएसआईएसलाई पराजित गर्न इराकी सेनाको प्रयासलाई सहयोग गर्न इराकी सरकारको निम्तोमा इराकमा रहेका अमेरिकी सेनाले बढ्ने जोखिम कम गर्न गर्नुपर्ने उचित कारबाही गर्ने किर्बीले बताए ।

आरटीका अरब क्षेत्रका एक संवाददाता अनुसार इराक सिरिया सीमा क्षेत्रमा विस्फोटनका आवाजहरू सुनिएको पुष्टि गरिएको छ ।

पेन्टागनले आक्रमणबाट भएको क्षतिको खुलासाबारे केही जनाएको छैन् ।

यसै बिच सिरियाको समाचार संस्था सानाले एक बालकको मृत्यु भएको र तीन घाइते भएको जनाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस