Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

जम्मु हवाई अड्डा निकट बम विस्फोटन


काठमाडौ । आइतबार भारतको जम्मु कास्मिर प्रान्तको हवाई अड्डा निकट बम विस्फोटन भएको छ ।

त्यहाँका उच्च प्रहरी अधिकारी दिलबाग सिंहले भारतको हवाई सेनाको शिविरमा बम विस्फोटन भएको बताएका छन् ।

यो विस्फोटन ड्रोन प्रविधिको उपयोग गरी गरिएको छ ।

दिलबाग सिंहले ड्रोनलाई बमको रूपमा प्रयोग गरिएको छ ।

यसका टुक्रा घटनास्थलमा बरामद भएको हो ।

उनले आतंकवादीहरूले विस्फोटन भिडभाडमा गर्ने योजना बनाएको भएपनि त्यसलाई विफल पारिएको बताए ।

प्रहरीले ५÷६ किलोको एक आइईडी बम बरामद भएको जनाएको छ ।

यो बम लश्कर–ए–तोइबा नामक आतंकवादी संगठनबाट बरामद गरिएको र यसलाई भिडभाड भएको क्षेत्रमा यसको विस्फोटन गराउने योजना रहेको प्रहरी अधिकारी सिंहले जनाए ।

हिरासतमा लिइएकाहरूसँग सोधपुछ जारी रहेको छ ।

हवाई अड्डा निकट रहेको हवाई सेना शिवरमा भएका एक पछि अर्को गरी भएका दुई विस्फोटनमा दुई सेना घाइते भएका छन् ।विस्फोटन भारतीय समय अनुसार १ बजेर ४० मिनेट जाँदा पहिलो र त्यसको केही बेरमै अर्को विस्फोटन भएको जनाइएको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


ताजा अपडेट