Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियभारतीय राष्ट्रपतिको सवारीका कारण यातायात बन्द हुँदा बिरामी महिलाको मृत्यु

भारतीय राष्ट्रपतिको सवारीका कारण यातायात बन्द हुँदा बिरामी महिलाको मृत्यु


काठमाडौ । भारतका राष्ट्रपतिको सवारीका कारण बिरामी महिलाको मृत्यु भएपछि कानपुरको प्रहरीले माफी मागेको छ ।

राष्ट्रपतिको कानपुर यात्राको क्रममा राति यातायात रोकिएका कारण ती महिलाको मृत्यु भएको हो ।

उत्तर प्रदेशको प्रहरीले माफी मागेर सम्बन्धित तीन प्रहरीलाई निलमिम्बत गरेको छ ।

महिलाको अन्तिम संस्कारमा प्रहरी अधिकारी र जिल्ला अधिकारी पुगेर राष्ट्रपतिको दुखद सन्देश पु¥याएका थिए ।

मृत्यु हुन महिला वन्दना मिश्रा इन्डियन एसोसिएसन अफ इन्डस्ट्रिज कानपुर च्याप्टरको महिला समूहकी प्रमुख थिइन् ।

प्रहरीका अनुसार सुरक्षा दृष्टिका कारण आवतजावतमा आवश्यकता भन्दा बढी समयका लागि ट्रयाफिक जाम गरिएको थियो । यसमा संलग्न प्रहरीहरूलाई निलम्बन गरिएको छ ।

भारतका राष्ट्रपति रामनाथ कोविन्द उत्तर प्रदेशको तीन दिवसीय यात्रामा रहेका छन् । आफ्नो गृहनगर कानपुर पुग्न राष्ट्रपति ट्रेनको यात्रा गरेका थिए ।

सफदरगञ्ज रेलवे स्टेसनमा चढेका राष्ट्रपति कानपुर सेन्ट्रलमा ओर्लेका थिए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस