Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियकोरोना विरोधी रुसी खोप स्पुतनिकको उत्पादन गर्ने मध्यपूर्वमा पहिलो देश इरान

कोरोना विरोधी रुसी खोप स्पुतनिकको उत्पादन गर्ने मध्यपूर्वमा पहिलो देश इरान


काठमाडौ । इरानले मध्यपूर्वमा पलिो देशको रूपमा कोरोना विरोधी रुसी खोप स्पुतनिक उत्पादन गर्न सुरु गरेको छ ।

इरानो औषधि कम्पनीले खोपको पहिलो परीक्षण ब्याचको उत्पादन गरेको छ ।

पहिलो ब्याचको उत्पादन सफलतापूर्वक सम्पन्नभएको स्पुतनिकको वितरणकर्ता द रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्डले शनिबार जानकारी दिएको छ ।

फन्डले अक्टोभेर्कोले काराजस्थित औषधि उत्पादन कम्पनीमा खोप उत्पादन गरिएको एक भिडियो सार्वजनिक गरेको हो ।

इरानले बनाएको स्पुतनिक खोप इरानी जनतामा वितरण गरिने भएको छ । इरानले खोप उत्पादन गर्न थालेपछि उसलाई खोपको बन्दोबस्ती खोपमा कमी आउने फन्डका प्रमुख किरिल दमित्रिएभले बताए ।

स्पुतनिक खोप विश्वका ६७ देशमा दर्ता गरिएको छ । दर्ता गरिएका देशहरूको समूहो जनसंख्या साढे तीन अर्ब बढी रहेको छ ।
इरानले कोभिरान बरकत खोप कार्यक्रमको विकास गरेको छ । इरानका सर्वोच्च धार्मिक नेता आयातोल्ला अलि खामेनीले यो खोपको पहिलो मात्रा लिएका छन् ।

इरानले क्युबासँगको समन्वयमा पास्टेउर इन्स्टिच्युटले विकास गरेको खोपलाई पनि अनुमति दिएको छ ।

स्पुतनिकका अतिरिक्त इरानमा अनुमति पाएका खोपहरूमा भारतको कोभाक्सिन, चीनको साइनोफार्म र बेलायतका अस्ट्राजेनाका खोपलाई अनुमति दिइएको छ ।

खोप दिने दर इरानमा धेरै सुस्त रहेको देखिन्छ ।८करोड तीस लाख जनसंख्यामा अहिलेसम्म १.२ प्रतिशतलाई मात्र खोप दिइएको छ ।

महामारी फैलिएयता इरानमा ३१ लाख ६० हजार संक्रमित र ८३ हजार ७सयको मृत्यु भएको जनाइएको छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस