Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियमहिला सहयोगीलाई चुम्बन लिने बेलायती स्वास्थ्य मन्त्रीको राजीनामा स्वीकृत

महिला सहयोगीलाई चुम्बन लिने बेलायती स्वास्थ्य मन्त्रीको राजीनामा स्वीकृत


काठमाडौ । महिला सहयोगलाई चुम्बन लिएको बेलायती स्वास्थ्य मन्त्री म्याट हानककको फोटो समाचार पत्रको प्रथम पृष्ठमा छापिए पछि उनले दिएको राजीनामा स्वीकृत गरिएको छ ।

बेलायतका स्वास्थ्यमन्त्री हानककले वैश्विक महामारीका बेला इमानदार भइ जनताले गरेको त्यागको हामीबाट अवमूल्यन भएको भनी प्रधानमन्त्री बोरिस जनसनलाई लेखेको पत्रमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री जनसनले राजीनामा स्वीकृत गर्न दुख लागेको बताए ।

उनले नयाँ स्वास्थ्यमन्त्रीमा साजिद जावेदलाई नियुक्त गरेका छन् ।

द सन पत्रिकाले मुख्य पृष्ठमा हानकक र गिना कोलाडाङेलोले एकअर्कोलाई चुम्बन लिएको तस्विर छापिएपछि उनीहरूको धेरै आलोचना भएको छ ।

दुवै विवाहित र सन्तानका आमाबाबु भएर अतिरिक्त प्रेम सम्बन्ध रहेको पाइएको छ ।

द सनले यो फोटो मे ६का दिने मन्त्रालय भित्र लिइएको जनाएको छ ।राजनीतिक दलका नेताहरू र कोभिड १९बाट दुखी समूहले स्वास्थ्यमन्त्रीको आलोचना गर्दै राजीनामा मागेका थिए ।

स्वास्थ्यमन्त्रीको राजीनामा स्वीकृत भएसँगै स्वास्थ्यमन्त्रालयमा गैर कार्यकारी निर्देशकको भूमिकामा रहेकी कोलाडाङेलोले पनि जिम्मेवारीबाट मुक्त हुन लागेकी छिन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस