Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियस्टेला मोरिस भन्छिन् असान्जसँग अहिले जेलमै बिहे गर्न देउ रिहा पछि समारोह गरौंला

स्टेला मोरिस भन्छिन् असान्जसँग अहिले जेलमै बिहे गर्न देउ रिहा पछि समारोह गरौंला


काठमाडौ । बेलमार्स जेलमा रहेका विकिलिक्सका संस्थापक जुलियान असान्जसँग उनकी संगीनी स्टेला मोरिसले जेलमै विवाह गर्ने माग गरेकी छिन् । अहिले जेलमै बिहे गर्ने जेलबाट रिहा भएपछि बिहा समारोह गरौंला भनेकी छिन् ।

मोरिसका वकिलले लन्डनस्थित इक्वाडोरियन दूतावासमा असान्ज राजनीतिक शरण लिएका बेला उनीहरू बिच सम्बन्ध बनेको थियो ।

वकिलले जर्मन न्युजसँग कुराकानी गर्दै उनीहरूसँगको सम्बन्धबाट उनीहरूका दुई छोराहरू छन् । एक चार वर्षका र अर्को अढाइ वर्षका छन् ।

कोभिड १९को समयमा अनुमति पाउन समय लाग्ने मोरिसको बुझाइ रहेको छ । उनीहरूका गृह देशबाट आवश्यक दस्तावेज ल्याउनुपर्ने आवश्यकता छ । अर्को समस्या भनेका असान्जको बेलायती भिसाको मिति समाप्त भइसकेको छ ।

जेलमा हुने बिहे समारोहमा अतिथिहरूलाई उपस्थित हुन अनुमति पाइने वा नपाइने विषय स्पस्ट हुन सकेको छैन् । देशमा लकडाउन लागेकाले बिहेका लागि जेलबाहिर जान अनुमति मिले पनि बिहे प्रबन्ध मिलाउन गाह्रो छ ।

त्यसैले जेलमा बिहे गर्न अनुमति मिले त्यही बिहे गरौंला पछि रिहा भएपछि बिहे समारोह मिलाउँला मोरिसले भनेकी छिन् ।

असान्ज दुई वर्ष भन्दा बढी समयदेखि बेलमार्स जेलमा रहेका छन् ।

बेलायती सरकारले अस्ट्रेलियाली पत्रकार असान्जलाई सन् २०१०मा विकिलिक्सबाट दस्तावेज सार्वजनिक गरेको विषयलाई जासुसी गरेको कानुन अन्तर्गत अभियोग लगाएको छ ।

अमेरिकाले असान्जलाई सुपुर्दगी गर्न माग गरेको छ ।

असान्जलाई लगाइएको अभियोग प्रमाणित भए १७५ वर्ष जेल सजाय हुने छ ।

यसअघि मोरिसले अमेरिकी राष्ट्रपति जो बाइडनलाई असान्जको रिहाइका लागि आग्रह गरेकी थिइन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस