Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियमहामारी र सीमा तनावका बाबजुत चीन भारतको दोस्रो ठूलो निर्यात साझेदार

महामारी र सीमा तनावका बाबजुत चीन भारतको दोस्रो ठूलो निर्यात साझेदार


काठमाडौ । भारतको दोस्रो ठूलो निर्यात साझेदारको रूपमा युनाइटेड अरब इमिरेट्स विस्थापित भएर चीन बन्न पुगेको छ ।

आर्थिक वर्ष सन् २०२१मा भारतबाट हुने निर्यात गन्तव्यहरूमा चीनमा हुने निर्यात २७ प्रतिशतले बढेर महामारीका बाबजुत २१ अर्ब अमेरिकी डलर बराबर हुन पुगेको छ ।

भारतको पहिलो निर्यात साझेदार अझ अमेरिका रहेको छ । तर सिपमेन्टमा २.७८ प्रतिशतले ह्रास आएपनि ५१ अर्ब ६३ करोड अमेरिकी डलर बराबरको निर्यात भएको छ ।

फलाम कण, प्रारङ्गारिक रसायन र तेल चीनमा मार्चस ३१सम्म भएका प्रमुख निर्यातहरू हुन् ।

दुई देश बिच सीमा तनाव र महामारीका बाबजुत चीनमा भारतको सबै भन्दा बढी निर्यात भएको हो ।

चीनमा हुने भारतीय निर्यात टोकरीमा ७.२९ प्रतिशतको वृद्धि भएको छ । सन् २०२१मा भएको यो वृद्धि ५.३ प्रतिशत रहेको छ ।

यद्यपि भारतको समग्र निर्यात यो वर्ष ७.३ प्रतिशतले खुम्चिएर २ खर्ब ९०अर्ब मेरिकीडलर बराबरको रहेको देखिएको छ ।

आयात १८ प्रतिशतले घटेर ३ खर्ब ८९ अर्ब अमेरिकी डलर बराबरको रहेको छ। यसले भारतको व्यापार घाटा ९६ अर्ब ६० करोड अमेरिकी डलर बराबर रहेको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस