Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकी सेना फर्काउने विषयको टुङ्गो लगाउन अफगानी राष्ट्रपति ह्वाइट हाउसमा

अमेरिकी सेना फर्काउने विषयको टुङ्गो लगाउन अफगानी राष्ट्रपति ह्वाइट हाउसमा


काठमाडौ ।अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानी राष्ट्रपति असरफ गानीलाई अफगानीहरूले आफ्नो भविष्य आफै निर्णय गर्न गइरहेको बताएका छन् ।

यसका लागि आफूबाट हुने सक्दो सहयोग गर्ने बाइडनले गानी समक्ष प्रतिबद्धता व्यक्त गरे । अमेरिका र नेटो सेना सेप्टेम्बर ११ सम्म फिर्ता भएपछि अफगानीहरूले गर्ने निर्णयमा अमेरिकाले साथ दिने प्रतिबद्धता उनले गरेका हुन् ।

हालका आक्रामक गतिविधिमा चरमपन्थी तालिबान लडाकुहरूले दर्जनौं जिल्ला कब्जामा लिएका छन् ।

संयुक्त राष्ट्रसंघले यो साता तलिबानले कब्जामा लिएको जिल्लाहरूको विषयमा चिन्ता व्यक्त गरेको छ ।

अमेरिकी सेनाका लागि काम गर्ने हजारौं अफगानीहरूलाई खाली गराउने विषयमा बैठक हुन अघि राष्ट्रसंघले यस्तो चिन्ता व्यक्त गरेको हो ।

अमेरिका र नेटोका अधिकारीहरूले तलिबानीले आफ्नो प्रतिवद्धता पूरा नगरेको बताएका छन् ।

बाइडनले गानीलाई आफ्नो पुरानो मित्र भएको भन्दै अमेरिकी सेना फिर्ता हुँदैमा अमेरिका र अफगानितान बिचको साझेदारी समाप्त नभइरहेको ह्वाइट हाउसस्थित ओभल अफिसमा बताए ।

अफगानी राष्ट्रपति गानीको अमेरिकी भ्रमणमा अब्दुला अब्दुला पनि साथमा रहेका छन् । उनीहरूले अमेरिकाका प्रमुख कार्यकारी, ससंद सदस्यहरू।

बाह्य विभागका गुप्तचर संस्था सीआईए र रक्षामन्त्रीलाई आफ्नो दुई दिने भ्रमणमा भेट्ने भएकाछन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस