Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियगत वर्ष काला अमेरिकीलाई घाँटी थिचि मार्ने गोरा प्रहरी अधिकारीलाई साढे बाइस वर्ष जेल

गत वर्ष काला अमेरिकीलाई घाँटी थिचि मार्ने गोरा प्रहरी अधिकारीलाई साढे बाइस वर्ष जेल


काठमाडौ । मे २०२०मा एक गोरा अमेरिकी प्रहरी अधिकारीले काला अमेरिकी जर्ज फ्लोयडलाई मिनियापोेलिसमा घाँटी थिचि मारेको अभियोगमा साढे बाइस वर्षको जेल सजाय भएको छ ।

प्रहरी अधिकारी डेरेक चउभिनको सजाय उनले पदको विश्वास र अख्तियारको दुरुपयोग गरेको र विशेषगरी फ्लोयड विरूद्ध प्रदर्शन गरेको क्रुरताका लागि पाएको न्यायाधीले जनाएका छन् ।

४८ वर्षीय फ्लोयडको घाँटी घुँडाले थिचेपछि उनको ९ मिनेट भित्रै मृत्यु भएको थियो ।

उनको मृत्यु विरूद्ध विश्वभर नश्लवाद तथा प्रहरी कुरताका लागि प्रदर्शन भएको थियो ।

४५ वर्षीय चउभिनलाई सेकेन्ड डिग्री मृत्यु र अन्य अभियोग अन्तर्गत गत महिना दोषी पाइएको थियो । उनको पक्षमा बहस गर्दा वकिलले असल नियत राख्दा राख्दै गल्तीले मृत्यु भएको जिकिर लिएका थिए ।

उनका अतिरिक्त अन्य तीन अधिकारीलाई यो अभियोगमा छुट्टा छुट्ै सजाय भएको छ ।

फ्लोयडका परिवार र समर्थकहरूले सजायको स्वागत गरेका छन् । यो ऐतिहासिक सजायले फ्लोयडको परिवार र हाम्रो राष्ट्रलाई निकटता र जवाफदेहीता दिएर घाउ पुर्न एक कदम अगाडि बढाएको भनी वकिल बेन क्रम्पले ट्वीट गरेका छन् ।

फ्लोयडले एक पाकेट सिगरेट एक स्टोरबाट मे २०२०मा किन्यो ।पसलका सहयोगीलाई उनले दिएको नोट नकली भएको विश्वास गरी सिगरेट पाकेट फिर्ता गर्न भन्दा फ्लोयड नमानेपछि प्रहरी अधिकारलाई बोलायो ।

प्रहरी अधिकारीहरू आएपछि फ्लोयडलाई पार्क गरिएको कारबाट आउन भने र उनको हातमा हतकडी लगाए । यसमा फ्लोयड आफूलाई बचाउन गर्न खोज्दा कराएको आवाज आयो ।

उनलाई नियन्त्रणमा लिन खोज्दा चउभिनले आफ्नो घुँडाले उनको घाँटी थिचे । घाँटी थिचेको ९ मिनेट भित्रै उनको मृत्यु भएको थियो । यो घटनाको भिडियो अहिले १८ वर्ष उमेर पुगेकी डारनेला फ्राजेरले बनाएकी थिइन् ।

उनको काकाको छोरा फ्लोयडलाई प्रहरीले यसरी मारेको भिडियो सार्वजनिक भएपछि विश्वभर प्रदर्शन भएको थियो ।

भिडियोले उनलाई अमेरिकाको सर्वाधिक सम्मानित पुलित्सर पत्रकारिता पुरस्कारबाट सम्मान दिलायो भने प्रहरी अधिकारी चउभिनलाई जेलमा पु¥यायो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस