Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियपुँजीवादबारे अमेरिकामा झन् रिपब्लिकन युवाको विश्वास घट्दो

पुँजीवादबारे अमेरिकामा झन् रिपब्लिकन युवाको विश्वास घट्दो


काठमाडौ । अमेरिकाको युवा जमातहरूको आधा भन्दा कम युवाहरूमा पुँजीवादबारे सकारात्मक धारणा रहेको नयाँ सर्वेक्षणमा पाइएको छ ।

झन् रिपब्लिकन युवाहरूमा पुँजीवादबारेको आंशका बढदै गइरहेको छ । तर उनीहरूले अहिले नै अमेरिका पूर्ण समाजवादमा जान नसक्ने बताएका छन् ।

शुक्रबार एक्सिअस मत सर्वेक्षणले पुँजीवादबारे गरेको नतिजा खुलासा गरेको छ । १८ देखि ३४ वर्ष उमेर समूहका अमेरिकीहरूमा ४९ प्रतिशतले पुँजीवादलाई समर्थन गरेका छन् ।

५१ प्रतिशतले उनीहरूको दृष्टिकोण समाजवाद प्रति रहेको छ । अमेरिकामा केही वर्षयता देखि समाजवादका समर्थकहरूको संख्या डेमोक्रेट पार्टी र युवाहरूमा बढ्दै गएको देखिएको छ ।

त्यसैले डेमोक्रेट्समा समाजवाद िप्लेटफर्मको सञ्चालन भइरहेको छ । जस्तो डेमोक्रेटिक समाजवादी अमेरिकी सदस्यहरूमा ओकासियो कोर्टेज र रसिदा तलाइबको गतिविधि देखिएको छ ।

तर हालको सर्वेक्षणले रिपब्लिकन पार्टीका युवाहरूले खुला बजार पुँजीवादको वकालत गर्दा थाकिसकेको र पुरानो प्रणालीको बचाउन गर्न उत्साही नभएको देखाएको छ ।

१८देखि ३४ वर्षका रिपब्लिकन युवाहरूमा ६६ प्रतिशतको पुँजीवाद प्रति सकारात्मक दृष्टिकोण रहेको छ । सन् २०१९मा गरिएको सो सर्वेक्षणले रिपब्लिकन युवाका ८१ प्रतिशतमा पुँजीवाद प्रतिको सकारात्मक सोच थियो ।५६ प्रतिशत रिपब्लिकन युवाले सम्पत्ति असमानता घटाउन सरकारले ध्यान दिनुपर्ने चाहेका छन् ।

सम्पत्ति असमानता रिपब्लिकन युवाहरूको संख्या ४० प्रतिशतले वृद्धि दुई वर्षमा भएको हो । महामारीको बेला निवर्तमान रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रोत्साहन चेक ६सय अमेरिकी डलरमा दुवै पार्टीका कांग्रेस सदस्य सहमति गरेकोमा आलोचना गरेका थिए ।

यसका विरोध भएपछि ट्रम्पले २ हजार अमेरिकी डलर बराबरको चेक बनाउन भनेका थिए ।ट्रम्पको यो भनाइमा ओकासियो कोर्टेज र तलाइब दुवैले सहमति जनाएका थिए ।

महामारीले आक्रमण गर्न अघिदेखि निरंकुश पुँजीवादबाट दक्षिणपन्थी रिपब्लिकनहरूको बुझाइमा परिवर्तन भइरहेको छ।
ट्रम्पले डेमोक्रेट्सले समर्थन गरेका प्रस्तावहरूलाई समर्थन गरेको विषयलाई फक्स न्युजका प्रस्तोता टकर काल्र्सनले जनाएका छन् ।

तर पनि अधिकांश अमेरिकीहरूले आफूलाई समाजवादी घोषणा गर्न तयार छैनन् ।युवाहरूमा केही सानो बहुमत समाजवाद प्रति देखिएको हो । सबै उमेर समूहका अमेरिकीहरूमा ४१ प्रतिशत समाजवाद प्रति सकारात्मक र ५२ प्रतिशत अमेरिकीमा नकारात्मक सोच रहेको छ । काल्र्सनले आफूलाई समाजवादी भन्नु भन्दा लोकप्रियतावादी भन्न बढी रुचाउँछन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस