Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियमहामारीका बेला आफ्नै महिला सहयोगीलाई अंकमाल गरी चुम्बन लिने बेलायती स्वास्थ्यमन्त्री

महामारीका बेला आफ्नै महिला सहयोगीलाई अंकमाल गरी चुम्बन लिने बेलायती स्वास्थ्यमन्त्री


काठमाडौ । सामाजिक दूरी कायम गरी अंकमालबाट टाढा रहने उर्दी जारी गर्ने बेलायती स्वास्थ्य मन्त्रीले आफ्नै महिला सहयोगीलाई आलिङगनमा लिएर चुम्बन लिएको तस्विर भाइरल भएको छ ।

द सनले आफ्नो मुख्य पृष्ठमा स्वास्थ्य मन्त्री म्याट हानककले महिला सहयोगीलाई चुम्बन लिन आलिङ्गनमा लिएको फोटो छापेको छ ।

फोटो सहित समाचार छापिएपछि उनको ठूलो आलोचना भइरहेको छ । कोरोनाभाइरसको महामारीबाट आफैले सामाजिक दूरी कायम गरी बस्न गरेको उर्दी आफै उल्लंघन गरेको स्वास्थ्यमन्त्री हानककको समाचार विशेष चर्चा पाएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


तपाईको प्रतिक्रिया दिनुहोस