काठमाडौ । बेलायती प्रधानमन्त्री बोरिस जनसनले आफ्नै विदेशमन्त्रीको बेवास्ता गर्दै युद्धपोत क्रामियाको जलक्षेत्रमा पठाएको दाबी गरिएको छ ।
लन्डनको टेलिग्राफले बेलायती विदेशमन्त्री डोमिनिक राबले युद्धपोत क्राइमियाको जलक्षेत्रमा पठाउने विषयमा चिन्ता व्यक्त गर्दागर्दै प्रधानमन्त्री जनसनले त्यसतर्फ युद्धपोत पठाएको दाबी गरेको छ । यसो गर्दा रुसको हातमा एक सम्भावित विजय पुग्न सक्ने चिन्ता व्यक्त गरिएको थियो ।
सोमबार फोर्टीफाइभ विनासक एचएमएस डिफेन्डर नामक युद्धपोतलाई रुससँगको भिडन्त गर्ने गरी सो जलीय क्षेत्रमा जान आदेश दिइएको थियो ।
रुसले त्यो युद्धपोत सीमा उल्लंघन गरेको बताउँदै त्यसलाई फर्काउन फायर गरी चेतावनी दिएको जनाएको छ । बेलायतले त्यो चेतावनीलाई अस्वीकार गरेको छ ।
बेलायतले त्यो क्षेत्र युक्रेनको भएको जनाएको छ । यो मिसन अन्तर्राष्ट्रिय कानुन अनुसार भएको बेलायती दाबी छ।
पत्रकारहरूका अनुसार एचएमएस डिफेन्डरलाई पठाएर रुसलाई सन्देश दिन खोजिएको छ ।
युद्धपोतको बाटो नफेरिए आक्रमण गर्ने चेतावनी दिएको रेडियो आवाज सुनिएको एक पत्रकारले उल्लेख गरेका छन् ।
बेलायतले यो सीमा उल्लंघन र चेतावनी फायरिङ सम्बन्धी विषयलाई गलत बताइरहेको बेला रुसले त्यसको भिडियो सार्वजनिक ग¥यो ।
भिडियो सार्वजनिक भएपछि बेलायती युद्धपोत क्राइमिया सीमामा गएको साबित भएपछि त्यो युद्धपोत बेलायती प्रधानमन्त्री जनसनले जबरजस्ती पठाएको समाचार सार्वजनिक भएको हो ।
क्याटेगोरी :
अन्तर्राष्ट्रिय
ट्याग : #breaking