Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियअमेरिकाको फ्लोरिडामा भवन भत्किदा १२ जना बेपत्ता

अमेरिकाको फ्लोरिडामा भवन भत्किदा १२ जना बेपत्ता


काठमाडौं, असार ११ गते । अमेरिकाको फ्लोरिडा राज्यको मियामीस्थित एक भवन भत्किदा एकको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य १२ जना हराइरहेका छन् ।

बीबीसीका अनुसार मियामीस्थित एक आबासीय क्षेत्रमा रहेको १२ तल्ले भवन भत्किएको हो । उद्धारकत्र्ताले ३५ जनालाई जिवितै बाहिर निकालेको छ । जसमध्ये दश जनालाई प्राथमिक उपचारपछि घर पठाइएको छ भने दुईजनालाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

भवनमा कुल १०२ जना बसोबास गर्दै आएको बताईएको छ । दुर्घटना हुँदा भवनमा रहेका ब्यक्तिको संख्या अझै यकीन भइसकेको छैन् । उक्त ब्लक सन् १९८० मा निर्माण भएको थियो ।

मियामीका मेयर डेनिएल लिभाइन काभाका अनुसार भनव भत्किदा उक्त क्षेत्रमा रहेका १३० मध्ये अधिकांश भवन प्रभाबित भएको छ । हराइरहेकामध्ये केही ल्याटिन अमेरिकी अप्रबासी रहेको बताइएको छ । पराग्वेकी प्रथम महिलाकी आफन्त समेत उक्त दुर्घटनामा परेको बीबीसीले उल्लेख गरेको छ ।
भवन भत्किनुको कारण अझै स्पष्ट भइसकेको छैन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #building, #hot


तपाईको प्रतिक्रिया दिनुहोस