Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

कोपा अमेरिका फुटबल : चिलीसँग पाराग्वेको सहज जित


काठमाण्डौ, ११ असार । कोपा अमेरिका फुटबलमा चिलीसँगको खेलमा पाराग्वेले सहज जित निकालेको छ । बिहान भएको खेलमा पाराग्वेले चिलीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै पाराग्वे समूह ए मा दोस्रो स्थानमा उक्लिएको छ । पाराग्वेको ३ खेलबाट ६ अंक भएको छ भने शीर्ष स्थानमा रहेको अर्जेन्टिनाको ३ खेलबाट ७ अंक छ । चिली भने ४ खेलमा ५ अंक जोडर तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको उरुग्वेको ३ खेलबाट ४ अंक छ । यहि समूहको बोलिभिया भने अंकविहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । आज बिहान नै भएको खेलमा उरुग्वेले बोलिभियालाई २–० गोल अन्तरले पराजित गरेको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद
ट्याग : #football, #hot

प्रतिक्रिया


ताजा अपडेट