Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियरुससँग दुईपक्षीय सम्बन्ध बनाउने जर्मन र फ्रान्सको योजनामा युरोपियन युनियनका नेताहरू विभाजित

रुससँग दुईपक्षीय सम्बन्ध बनाउने जर्मन र फ्रान्सको योजनामा युरोपियन युनियनका नेताहरू विभाजित


काठमाडौ ।रुससँग दुईपक्षीय सम्बन्ध बनाउने जर्मन र फ्रान्सको योजनामा युरोपियन युनियनका बरिष्ठ नेताहरू विभाजित भएका छन् ।

१६ जुनमा अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमर पुटिनसँग जेनेभामा दुईपक्षीय शिखर वार्ता गरी वैश्विक सुरक्षालगायतका विषयमा छलफल गरेपछि जर्मन र फ्रान्सले रुससँग दुई पक्षीय सम्बन्ध विस्तार गर्नुपर्ने युरोपियन युनियनको प्रस्तावमा नेताहरू विभाजित देखिएका हुन् ।

ब्रसेल्समा आयोजित बैठकमा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोन र जर्मनकी चान्सलर एन्जेला मर्केलले रुससँग दुईपक्षीय सम्बन्ध विस्तार गर्ने पक्ष प्रस्तुत गरेका थिए ।

युरोपियन हितहरूको संरक्षण गर्न रुससँग संवादको सुरुआत गर्नु महत्वपूर्ण भएको मयाक्रोनले बताए ।युरोप महादेशको स्थायित्वको लागि यो आवश्यक भएको उनले तर्क प्रस्तुत गरेका थिए ।

म्याक्रोनको भनाइमा समर्थन जनाउँदै मर्केलले युरोपियन युनियनले रुस र रुसी राष्ट्रपतिसँग सीधा सम्पर्क गर्नैपर्ने बताइन् । उनले द्वन्द्वको समाधान गर्ने विषयमा युरोपियन युनियनले वार्ताको आधार तय गर्नुपर्ने बताइन् ।

तर डच प्रधानमन्त्री मार्क रुटले पुटिन सहभागी भएको बैठकमा आफू उपस्थित नहुने बताए ।

तर उनले युरोपियन युनियनका अध्यक्षहरू चाल्र्स माइकल र उर्सुला भन डर लेयेन पुटिनसँगको बैठकमा सहभागी आफूलाई आपत्ति नहुने बताए ।

लिथुआनियाका राष्ट्रिपति गिटानास नउसेडाले कुनै सकारात्मक परिवर्तन बिना रुससँगको सम्बन्ध बनाउने विषयले हाम्रा साझेदारहरूमाझ अनिश्चितताको संकेत जाने बताए ।

पोल्यान्डा प्रधानमन्त्री मातुस्ज मोरावेइकीले रुससँग उच्चस्तरीय राजनीतिक वार्ताका लागि आक्रामक स्थितिमा परिवर्तन हुनुपर्ने बताए ।

मार्च महिनामा रुसका विदेशमन्त्री सर्जेइ लभरभले युरोपियन युनियनसँग रुसको कुनै सम्बन्ध नभएको बताएका थिए । साथै उनले यो युरोपियन युनियनले लिएको एकतर्फी निर्णयको परिणाम भएको बताए ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस