Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियन्यूयोर्क अदालतद्वारा निर्वाचनबारे गलत वकालत गर्ने ट्रम्पको वकिलको लाइन्सेस निलम्बन

न्यूयोर्क अदालतद्वारा निर्वाचनबारे गलत वकालत गर्ने ट्रम्पको वकिलको लाइन्सेस निलम्बन


काठमाडौ ।न्यूयोर्कको एक अदालतले निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सन् २०२०मा सम्पन्न भएको राष्ट्रपति निर्वाचनका बारेमा गलत तथा भ्रम फैलाउने खालको अभिव्यक्ति कानुनी व्यवहार गरिरहेका बेला गर्ने न्यूयोर्कका पूर्व शीर्ष सरकारी वकिल रहेका रुडी गिउलिआनीको लाइसेन्स निलम्बन गरेको छ ।

प्रथम न्यायिक विभागका लागि सरकार वकिलको उजुरी समितिले गिउलिआनीको लाइसेन्स निलम्बन माग गरे अनुसार म्यानहटनको पुनरावेदन विभागले सो माग दाबीलाई सही ठहर गरेको हो ।

न्यूयोर्कका सिनेटर ब्राड होलीम्यानले सो समितिमा सो माग दाबी सहितको उजुरी दिएका थिए ।

ट्रम्पका वकिल भएर अदालतमा , विधायकहरू र सार्वजनिकरूपमा उनले गलत दाबी प्रस्तुत गरेकाले यो निलम्बन आदेश आएको हो ।

ट्रम्पले निर्वाचन परिणाम खारेज गराउन खोजेको प्रयासमा भरमग्दुर साथ दिने क्रममा उनले गलत तथा भ्रम फैलाउने खालका अभिव्यक्ति दिएका थिए । उनले केही राज्यको निर्वाचनमा बिना प्रमाण धाँधली भएको भनी अभिव्यक्ति प्रस्तुत गरेको र धाँधलीका आधारहरू साबित भएको थिएन् ।

गिउलिआनीले मरेको मान्छेले मतदान गरेको र त्यो मतदान जो बाइडनको पक्षमा भएको दाबी लिएको र सो साबित भएको थिएन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस