Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रिय१०९ गोल गरेर क्रिस्टियानो रोनाल्डोले बनाए कीर्तिमान

१०९ गोल गरेर क्रिस्टियानो रोनाल्डोले बनाए कीर्तिमान


एजेन्सी, १० असार । क्रिस्टियानो रोनाल्डोले फुटबलमा नयाँ किर्तिमान बनाएका छन् । उनले पोर्चुगलका लागि १०९ गोल गरेर किर्तिमान बनाएका हुन् ।

अहिलेसम्म इरानका अली दाईको नाममा रहेको कुनैपनि देशबाट सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तमानसँग रोनाल्डोले बराबरी गरेका छन् । अब एक गोल थपेमा उनले कीर्तिमान भंग गर्नेछन् ।

सन् १९९३ देखि २००६ सम्म अली दाईले इरानका लागि १०९ गोल गरेका थिए । यो कीर्तिमान १५ वर्षसम्म कसैले तोड्न सकेको थिएन । ३६ वर्षीय रोनाल्डोले गएराति फ्रान्ससँगको खेलमा दुई गोल गरेर कीर्तिमान बनाएका थिए । बराबरीसँगै गत युरो कपको विजेता पोर्चुगल अघिल्लो चरणमा प्रवेश गरेको छ ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद
ट्याग : #hot, #ronaldo


तपाईको प्रतिक्रिया दिनुहोस