माइक्रोसफ्ट बीस खर्ब अमेरिकी डलर बराबर कम्पनी बन्यो

काठमाडौ । माइक्रोसफ्ट बीस खर्ब अमेरिकी डलर बराबरको कम्पनी बनेको छ । यो कम्पनीको बजार मूल्य २० खर्ब अमेरिकी डलर पुगेको हो ।
क्लाउड कम्प्युटिङ र सफ्टवेयर व्यवसायका कारण महामारी पछि कम्पनीको सेयरमा १.१ प्रतिशतले वृद्धि भएर २६५.६४ अमेरिकी डलर पुगेको छ ।
बीस खर्ब अमेरिकी डलर बराबरको कम्पनीको रूपमा एप्पलसँग माइक्रोसफ्ट गरी दुई कम्पनी बनेका छन् ।
बीस खर्ब अमेरिकी डलर बराबर कम्पनीको समूहमा साउदी अरामकोलाई अझ १ खर्ब अमेरिकी डलरको आवश्यकता रहेको छ ।
सन् २०१४मा कम्पनीको प्रमुख कार्यकारीको रूपमा सत्या नाडेला आएदेखि कम्पनीले नयाँ आकार पाएको देखिएको छ । क्लाउड कम्प्युटिङ सफ्टवेयरको सबै भन्दा ठूलो बिक्रेता माइक्रोसफ्ट बनेको छ ।
माइक्रोसफ्टले यो वर्ष १९ प्रतिशतको फाइदा गरेर एप्पल र अमेजन भन्दा राम्रो प्रदर्शन गरेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking
प्रतिक्रिया