Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

खोप विकासको सफलताले अमेरिकी नाकाबन्दी हटाउने शक्ति क्युवालाई प्राप्त हुने


काठमाडौ । अमेरिकी नाकाबन्दीबाट जुझेर क्युवाले उच्च असरदार कोरोनाभाइरस खोपको विकास गरेको छ । खोपको विकासले गर्दा अमेरिकाले क्युवालाई आफ्नै राष्ट्र सरह स्वीकार गर्न र क्युवासँग सम्बन्ध सामान्य बनाउनुपर्ने आवाज उठ्न थालेको छ ।

क्युवाले तीन मात्रा दिइने अब्दाला खोपले ९२.२८ प्रतिशत असरदार रहेको अन्तिम चरणको क्लिनिकल ट्रायलमा पाइएको जनाएको छ ।

यो सँगै क्युवाले विकास गरेको अर्को सोबेराना टु खोपको तीन मध्ये दुई मात्रा दिइए ६२ प्रतिशत असरदार रहेको घोषणा गरेको छ ।

अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युवामाथि नयाँ नाकाबन्दी थपि दिएका थिए । नाकाबन्दीले आर्थिक समस्यासँग जुधिरहेको क्युवालाई सिरिन्जको अभाव खप्नु प¥यो ।

ट्रम्पले क्युवालाई सिरिन्ज किन्नसम्मको नाकाबन्दी लगाइ दिएका थिए । एक करोड दसलाख जनसंख्या भएको देश क्युवाले १० करोड खोपको मात्रा ग्लोबल साउथका देशमा गएर उत्पादन गर्ने घोषणा ग¥यो ।

क्युवासँग खोप उत्पादन गर्ने क्षमता छैन् । त्यसैले क्युवाले क्यानाडा वा युरोपियन युनियनका अन्य देशको सहयोगमा खोप उत्पादन गर्ने योजना बनाएको छ । क्युवाका सहयोगी देशहरूले खोप उत्पादनमा सघाउने भएको छ ।

ट्रम्पले लगाएको नाकाबन्दीलाई बाइडनले मेमा नवीकरण गरेका थिए । क्युवाले आतंकवाद बढाएको आरोप लगाइ अमेरिकाले नाकाबन्दी लगाएको छ । आतंकवाद विरोधी अभियान अन्तर्गत अन्तर्राष्ट्रिय रूपमा सर्वाधिक पीडित हुने देशहरू क्युवा एक हो ।

बीसौं शताब्दीमा विश्वभर क्रान्तिकारी आन्दोलनलाई समर्थन गरेको कारण अमेरिकाले नाकाबन्दी लगाउँदै आएको हो । कोरोना महामारीको यो समयमा क्युवाको मेडिकल टोलीले विश्वभर सहयोग गरेको कारण व्यापक प्रशंसा र सम्मान बटुलेको छ ।

क्युवाले विकास गरेको असरदार खोपले उसमाथि लागेको आर्थिक नाकाबन्दी असरहीन हुने वा नाकाबन्दी हट्ने विश्वास गरिएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking

प्रतिक्रिया


ताजा अपडेट