Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियसफ्टवेयरका गुरू जोन म्याकेफी स्पेनको जेलमा मृत फेला

सफ्टवेयरका गुरू जोन म्याकेफी स्पेनको जेलमा मृत फेला


काठमाडौ । सफ्टवेयरका गुरूको रूपमा चिनिएका एन्टीभाइरस सफ्टवेयरका निर्माता जोन म्याकेफी स्पेनको बार्सिलोनास्थित जेलमा मृत फेला परेकाछन् ।

स्पेनको अदालतले उनलाई कर छलीको अभियोगमा अमेरिकालाई सुपुर्दगी गर्न अनुमति दिएको केही घन्टा पछि उनी मृत फेला परेको म्याड्रिडका अधिकारीहरूले जनाएका छन् ।

बुधबार साँझ ७५ वर्षीय म्याकेफी द स्यान्ट इस्टिभ सेसरभिर्स जेलको कोठामा मृत फेला परेको न्याय मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । मृत्युको कारण पत्ता लाग्न नसकेको जनाइएको छ।

मन्त्रालयका अनुसार उनको मृत्यु आत्महत्या हुन सक्छ । मृत्यु हुन केही घन्टा अघि स्पेनको अदालतले उनलाई सन् २०१४ देखि २०१८सम्म कर छली गरेको अभियोगमा अमेरिका सुपुर्दगी गर्ने फैसला सुनाएको थियो ।

अमेरिकी अधिकारीहरूले पनि एक क्रिप्टोकरेन्सी स्किमबाट १ करोड ३० लाख अमेरिकी डलरको नाफा कमाएको अभियोग लगाउन बाँकी थियो ।

सन् २०२०को अक्टोबरमा स्पेनमा पक्राउ परेका थिए । १६ जुन २०२१मा उनले एक सोसल मिडिया पोस्ट मार्फत करोडौं क्रिप्टोकरेन्सी उनका सहयोगीहरूले मासेको खुलासा गरेका थिए । ‘मसँग केही छैन । तर मलाई पछुतो छैन’ भनी लेखेका थिए ।

इपोनिमस एन्टीभाइरस सफ्टवेयरका लागि म्याकेफीलाई सबैभन्दा बढी चिनिन्छ । म्याकेफीले सन् १९९४मा कम्पनीबाट राजीनामा गरेका थिए । सन्२००८मा वित्तीय संकट परेका बेला उनको भाग्य चम्किएको थियो ।

म्याकेफीले अमेरिकी राष्ट्रपति पदको चुनाव लड्ने प्रयास सन् २०१६ र २०२०मा गरेका थिए तर लिबर्टियन पार्टीको प्राथमिक स्तरको छनौट चरणमै हारेका थिए । सन् २०१३मा एक छिमेकीको हत्याको झूठो अभियोग पनि लगाइएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस