Techie IT
×
गृहपृष्ठअन्तर्राष्ट्रियजर्मनी र फ्रान्सले इयु रुस बैठकको आह्वान गरे

जर्मनी र फ्रान्सले इयु रुस बैठकको आह्वान गरे


काठमाडौ । जर्मनी र फ्रान्सले नयाँ युरोपियन युनियन रणनीतका लागि युरोपियन युनियन र रुससँगको बैठकको आह्वान गरेका छन् ।

जेनेभामा अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ता गरी फर्केको एक साता नबित्दै जर्मनी र फ्रान्सले यो बैठकको आह्वान गरेका हुन् ।

कुटनीतिज्ञहरूले जनाए अनुसार जर्मन चान्सलर एन्जेला मर्केलले फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनको समर्थनमा युरोपियन युनियनले रुसी राष्ट्रपति पुटिनलाई वार्ताको लागि निम्तो गर्नुपर्ने चाहेकी छिन् ।

फिनान्सियल टाइम्समा सार्वजनिक समाचार अनुसार रुससँग युरोपियन युनियनले बैठक गरी नयाँ सम्बन्धको विस्तारबारे राजदूतहरूले छलफल गरेका हुन् ।

मर्केल युरोपियन युनियनका साझेदार सहयोगीसँग विगत केही दिन देखि निकटभइ छलफल गर्दै आएकी छिन् ।

फ्रान्सेली राष्ट्रपति म्याक्रोन र इटलीका प्रधानमन्त्री मारियो द्रागी मर्केलसँग छलफल गर्न बर्लिन पुगिरहेका छन् । अमेरिकी विदेशमन्त्री यो साता जमर्नी सरकारसँगको कुराकानी गर्न बर्लिनमा रहेका छन् ।

रुसले सन् २०१४मा क्राइमिया मिलाए पछि इयुले रुससँगको शिखर वार्ता खारेज गर्दै आएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस